Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’को ट्रेलरमा शंकाले निम्त्याएको विग्रहको कथा

फिल्मीखबर, काठमाडौं, 2026/04/27

Bijay Baral, Barsha Raut

 

गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै तीन मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो । हाँसो र रोदन मिश्रित ट्रेलरमा एक जोडी (विजय बराल र वर्षा राउत)को प्रेम सम्बन्धदेखि विवाहसम्मको यात्रा देखाइएको छ । 

मालती र मंगले पात्रमा केन्द्रित ट्रेलरमा छोरी भएकै कारण समाजले गर्ने हेयको व्यवहार र दाम्पत्य जीवनमा अविश्वासका कारण उत्पन्न हुने पारिवारिक कलहलाई प्रस्तुत गरिएको छ । एक दृश्यमा वर्षाको एउटा संवाद छ, ‘मैले तिमीबाहेक कसैसँग सिरानी साटेको छैन मंगले ।’ यो संवादले पितृसत्तात्मक समाजमा सुनेकै भरमा महिलामाथि गरिने शंकालाई उजागर गरेको छ ।

ट्रेलर हेर्दा फिल्मले अन्तरजातीय विवाहलाई पनि मूल कथामा समेटेको देखिन्छ । किनकि, एक दृश्यमा मालती पात्रले भागी विवाह गरेपछि परिवारले उनको कपडा जलाएको देख्न सकिन्छ । र, अर्को दृश्यमा एक पात्रले मंगलेलाई ‘गतिलो खानदान नभएको’ भन्दै अपमान गरेका छन् । दाजुभाइबीचको अविश्वासलाई पनि फिल्मले प्रस्तुत गरेको ट्रेलरमा देख्न सकिन्छ । 

प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, नरिन थापा, प्रकाश घिमिरे, मान्सु सापकोटा, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, राज पङ्गेनी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । फिल्ममा महेश पौडेलको छायांकन तथा रोमी मोजेजको सम्पादन रहेको छ । रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् । 

 

Most Visited News (monthly)