Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै २’को मुहूर्त, दीपकको जोडी केकी कि सनिशा ?

फिल्मीखबर, काठमाडौं, 2026/04/27

chha maya chapakai

 

नेपालको फिल्म निर्माणमा सबैभन्दा सफल मानिएको दीपक-दीपा समूहले नयाँ फिल्म ‘छ माया छपक्कै २’को शुभ मुहूर्त गर्दै औपचारिक रूपमा निर्माण कार्य सुरु गरेको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायांकन भने तीन दिनपछि नुवाकोटबाट सुरु हुनेछ । 

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा अघिल्लो भागका मुख्य जोडी दीपकराज गिरी र केकी अधिकारी नै मुख्य भूमिकामा देखिने भएका छन् । साथमा मोडल तथा अभिनेत्री सनिशा भट्टराईको पनि अभिनय रहनेछ । ‘छ माया छपक्कै’का अन्य कलाकारहरू केदार घिमिरे र जितु नेपालको अभिनय रहने वा नरहनेबारे भने निर्माण पक्षले जानकारी दिएको छैन ।

दीपक-दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले यस फिल्मको निर्माण गर्नेछन् । निकट स्रोतका अनुसार मुनाफाको हिस्सेदारीमा रहने गरी दीपक-दीपा समूह यो फिल्ममा जोडिएको हो । सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’मा पनि उनीहरूले यही सहमतिअनुसार काम गरेका थिए ।

नुवाकोटसहित पोखरा र काठमाडौंमा छायांकन गरिने यो फिल्म ‘छ माया छपक्कै’को सिक्वेलका रूपमा निर्माण हुन लागेको हो । यसबारे दीपाश्री निरौलाले भनेकी छन्, ‘यो सिक्वेल फिल्म हो । अघिल्लो भागको कथा जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु हुनेछ ।’ उनका अनुसार यस वर्षको दशैंमा फिल्म प्रदर्शनमा आउनेछ । 

Most Visited News (monthly)