Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अध्यक्षमा मेरो पूर्नजन्म भयो : दयाराम दाहाल

फिल्मीखबर, काठमाण्डौ, 2020/11/22
 
चलचित्र विकास बोर्डको इतिहासमा सबैभन्दा कठिन समयमा अध्यक्षमा नियुक्त भएका दयाराम दाहाल कोरोनाका कारण विगत ८ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सुचारु गर्न प्रयासरत छन् । लकडाउनको समय (साउन) मा बोर्ड अध्यक्षमा नियुक्त भएका उनी चाँडै फिल्म क्षेत्र सुचारु हुनेमा विश्वस्त छन् । सरकार फिल्म क्षेत्र खोल्न सकारात्मक रहेको उनको भनाई छ ।
 
उनी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । अघिल्ला बोर्ड अध्यक्ष जस्तो उनी फिल्म सम्बन्धी कार्यक्रममा निस्कन पनि पाएका छैनन् । शनिवार बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक उनी फिल्म ‘डिसेम्बर फल्स’ को घोषणा कार्यक्रममा उपस्थित भएका थिए । यो फिल्ममा उनले अभिनय पनि गर्दैछन् ।
 
बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक फिल्मको घोषणा कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले बोर्ड अध्यक्षमा आफ्नो पूर्नजन्म भएको बताएका छन् । अध्यक्ष दाहालले भने- ‘बोर्डमा आएपछि फिल्मको कार्यक्रममा उपस्थित भएको यो मेरो पहिलो हो । यसकारण मेरो लागि यो ठूलो उपलब्धी हो । मेरो चलचित्र विकास बोर्डको अध्यक्षमा पूर्नजन्म भयो ।’
 
आफू बोर्डमा आएदेखि फिल्म क्षेत्र धरासायी भएको कुरा मात्र सुन्दै आएको बताउँदै उनी भन्छन्, ‘यो फिल्मको घोषणाले अब हामी उठ्दै पनि रहेछौं भन्ने लागेको छ । हामी जस्तो सुकै विपत्तिमा पनि हार्दैनौं भन्ने यसले देखाएको छ ।’ अध्यक्ष दाहालले केही समय कोरोनाले अलमलाए पनि अब सावधानी अपनाएर फिल्म सम्बन्धी गतिविधि सुचारु गर्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।
Most Visited News (monthly)