Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा प्रेमीसँग रोमान्टिक वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2020/11/19
 
झण्डै एक दशक लामो फिल्मी करिअरमा विवादबाट टाढा रहेकी अभिनेत्री वर्षा सिवाकोटी केही वर्षयता प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापासँगको प्रेममा छिन् । यद्यपि, वर्षाले प्रेम सम्बन्ध खुलेर स्वीकार भने गरेकी छैनन् । तर, उनले बेला बखतमा सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरले उनी सविनको गहिरो प्रेममा रहेको प्रस्ट्याउँछ । 
 
कोरोना भाइरसका कारण वर्षा आठ महिना घरभित्रै सीमित भइन् । निषेधाज्ञा खुकुलो भएपछि केही म्यूजिक भिडियोमा काम गरेकी उनी घुमफिरमा भने निस्कन पाएकी थिइनन् । जसले गर्दा उनी उकुसमुकुस भएकी थिइन् । सरकारले अन्तर्राष्ट्रिय उडान खोल्न अनुमति दिएपछि दशैंको टीका थापेर पारिवारिक भेटघाटका लागि भन्दै अमेरिका उडेकी वर्षाले तिहार पनि त्यतै मनाइन् ।
 
अभिनेत्री सिवाकोटीले अमेरिका पुगेपछि सविनसँगका भेटघाटका तस्विरहरु इन्स्टाग्राममा पोस्ट्याइरहेकी छन् । बुधवार उनले इन्स्टा स्टोरीमा एक तस्विर राखेकी छन्, जसमा एक प्रेम जोडी अस्ताउँदै गरेको सूर्यतर्फ हेरिरहेका छन् । पछाडिको भागबाट खिचिएका कारण तस्विरमा दुवैको अनुहार देखाएको छैन । तर, तस्विरमा देखिएको जोडी वर्षा र सविन हुन् भन्नेमा शंका छैन ।
 
 
वर्षा र सविन दुई वर्षदेखि प्रेम सम्बन्धमा छिन् । गत वर्ष वर्षा अमेरिका जाँदा उनले सविनसँगका रोमान्टिक तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । यसपछि उनीहरुको प्रेम चर्चा चल्न थालेको थियो । वर्षा केही हप्तामा अमेरिकाबाट फर्किएपछि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । उनको पाइपलाइनमा दुई फिल्म ‘सुदूर’ र ‘गोर्खा वारियर’ पनि छ ।
Most Visited News (monthly)