Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इमरान खानले छाडे अभिनय !

एजेन्सी, मुम्बई, 2020/11/18
 
बलिउड अभिनेता आमिर खानका भान्जा तथा ‘देली बेली’ जस्ता फिल्ममा अभिनय गरिसकेका अभिनेता इमरान खानले अभिनय छाड्ने फैसला लिएका छन् । लामो समयदेखि अभिनयबाट टाढा रहेका उनले अब अभिनय नगर्ने भएका छन् । इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक अन्तर्वार्तामा इमरान खानले अभिनय छाड्ने फैसला लिएको बताएका छन् । 
 
उनले भने- ‘मेरो बेस्ट फ्रेन्ड इमरान खान अब कलाकार होइन । उसले अभिनय छाडेको छ । यो उसैले मलाई भनेको हो । ऊ मेरो सबैभन्दा नजिकको साथी हो । म उसलाई विहान चार बजे पनि फोन गर्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि जान्दछौं ।’ उनका अनुसार, इमरान अहिले फ्यूचर प्लान गरिरहेका छन् । उनले फिल्म निर्देशन गर्न सक्ने अक्षयले संकेत गरेका छन् । 
 
इमरानलाई फिल्मको विषयमा राम्रो ज्ञान भएका कारण आफ्नै फिल्म निर्देशन गर्नसक्ने अक्षयको भनाई छ । इमरानको फिल्मी करिअरको कुरा गर्ने हो भने उनी पछिल्लो पटक फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए । उनले ‘जाने तू जाने ना, किडन्याप, लक, आई हेट लभ स्टोरी’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी अभिनीत फिल्म ‘देली बेली’ दर्शकले निकै रुचाएका थिए । 
Most Visited News (monthly)