Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमाल मलिकले गरे अदितीको प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2020/11/18
 
नेपाली अभिनेत्री अदिती बुढाथोकी बलिउड प्रवेशका लागि लामो समयदेखि सपनाको माया नगरी मुम्बईमा संघर्ष गरिरहेकी छन् । मोडलिङको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएकी उनले म्यूजिक भिडियोबाट पनि भारतीय दर्शकको ठूलो वर्गमा आफूलाई चिनाएकी छन् । उनले केही चर्चित हिन्दी र पञ्जाबी गीतमा अभिनय गरेकी छन्, जसमा उनको सुन्दरताको प्रशंसा भएको छ । 
 
उनले अभिनय गरेको नयाँ हिन्दी गीत ‘तु मेरा नही’ दुई हप्ता अगाडि सोनी म्यूजिक इन्डियाको यूट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो गीतलाई अहिलेसम्म डेढ करोडले हेरिसकेका छन् भने धेरैले अदितीको सुन्दरताको खुलेर प्रशंसा गरेका छन् । गीतमा उनको जोडी भारतका चर्चित गायक तथा संगीतकार अमाल मलिकसँग बाँधिएको छ । गीतमा अमालकै स्वर र संगीत छ ।
 
रिलिजको दुई हप्तामा गीतलाई डेढ करोड भ्यूज मिलेपछि अदिती प्रफुलित छिन् । अभिनय र सुन्दरताको प्रशंसाले उनलाई थप खुसी मिलेको छ । गायक अमालले पनि उनको प्रशंसा गरेका छन् । एक भिडियोमा उनले हाँस्दै भनेका छन्, ‘मलाई लाग्छ कि यो भिडियोपछि आरिभ खान (भिडियोका निर्देशक) र अदितीलाई दुई वर्षको ब्रेक चहिन्छ होला मसँग अर्को भिडियो गर्नका लागि ।’ 
 
अदितीको प्रशंसा गर्दै उनले अगाडि भनेका छन्, ‘मेरो को-एक्टर अदिती साँचिक्कै प्यारी, राम्री र निर्दोष छिन् ।’ अमालले आफ्नो प्रशंसा गरेपछि अदितीले इन्स्टामा खुसी व्यक्त गरेकी छन् । लकडाउनदेखि उनी काठमाडौंमा छिन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्नका लागि उनी नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन सुरु हुन सकेको छैन । 
Most Visited News (monthly)