मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म छाड्दा पनि व्यस्त जीवन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/23
गतबर्ष प्रदर्शनमा आएका फिल्म असफल भएपछि अभिनेता जीवन लुईटेललाई घाटा लागेको थियो । 'नाई नभन्नु ल २' प्रदर्शनमा आएपनि जीवनको भूमिका विशेष मात्र भएकाले यसको सफलताको जश उनले पाएनन् । यो बर्ष लगातार ३ फिल्म असफल भएपछि जीवनलाई पुन: धक्काको महसुस भएको हुनुपर्छ ।
 
 
संख्या बढाएर असफल हुनुभन्दा बर्षमा सिमित फिल्म तर राम्रो गर्ने जीवनले बताउँदै आएका छन् । तर, जीवनले लगातार २ फिल्म छाडेका छन् । छोडेका फिल्मले उनको करिअरमा सफलताको स्वाद थपिदिन सक्थ्यो ।
 
जीवनले 'नाई नभन्नु ल'को २ वटा सिक्वेलमा काम गरेपनि तेश्रोमा गरेनन् । २ वटा फिल्मको सिक्वेलले उनलाई हिट बनायो । यो कुरा स्वयंम जीवन पनि स्विकार गर्दै आएका छन् । तर, यसको तेश्रो सिक्वेल छाडेपछि भने जीवनले गल्ती गरे भन्नेहरुको संख्या धेरै भेटियो । जीवनले आफूलाई भूमिकामा चित्त नवुझेकाले गरेको बताउँदै आएका छन् ।
 
 
जीवनले अर्को एक चर्चित कृतीमा बन्ने फिल्ममा काम गर्ने चर्चा भयो । जीवन एक महिनाका लागि अमेरिका पुगे । विश्वेश्वरप्रसाद कोइरालाको कृती 'तीन घुम्ती'माथि आधारित रहेर बन्न लागेको 'तीन घुम्ती'मा जीवन छुटे । जीवनले काम गरेनन् या निर्माणपक्षसँग केही असमझदारी भयो, अहिलेसम्म खुलेको छैन । जीवनले २ राम्रा र चर्चा पाउने फिल्म छाडेको चर्चा बजारमा सुरु भएको छ ।
 
 
यि दुई फिल्म छाडेपनि जीवनले नेपाल फर्कने बित्तिकै तीन फिल्ममा काम गर्ने बताए । रिलिज भएका फिल्मले सफलताको स्वाद नचखाएपनि यो बर्ष व्यस्तताले भने उनको महत्वलाई कम गर्न दिएन । एकै बर्षमा दुई पटक अमेरिका भ्रमण गर्ने अवसर पाएका जीवनको दाबी छ, 'म निकै व्यस्त छु ।'
 
फिल्म सुटिङ र कार्यक्रममा उपस्थितीको रूपमा हेर्दा यो बर्ष जीवन व्यस्त नै देखिए । महोत्सव होस् या अवार्ड समारोह या बिदेश भ्रमण, जीवनले आफ्नो उपस्थिती जनाए ।तरपनि, हातमा आएका  'नाईं नभन्नु ल ३' र 'तीन घुम्ती' फिल्म फुत्कदा जीवनलाई घाटा भने लाग्न सक्छ । 
 
जीवनका अनुसार उनी नेपाल आए लगत्तै केशब भट्टराईको निर्माणमा निर्मल शर्माले निर्देशन गर्ने फिल्म 'ब्रास्लेट'मा व्यस्त हुनेछन् । उनले शेखर कोईराला र अनिल संग्रौलाले बनाउन लागेको फिल्ममा समेत काम गर्ने सुनाए । उनी फागुनको दोस्रो साताभित्र नेपाल आईपुग्ने छन् ।