मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ग्ल्यामर फोटोग्राफर फिल्मको हिरो

रेम बिक, पोखरा, 2015/01/23
अक्सर उनी क्यामेरा अगाडि आउँदैनन् । क्यामेराको पछाडि रहेर विभिन्न आकृति र व्यक्तिहरुलाई कसरी राम्रो फ्रेम लगाउने भन्ने उनको काम हो । विगत चार वर्षदेखि पोखरामा ग्लामर साईट ‘जक्शन डटकम’ संचालन गर्दै आएका भूपालकुमार गुरुङको परिचय फिल्मको अभिनेताको रुपमा पनि विस्तार भएको छ । 
 
 
खासमा फिल्ममा अभिनय गर्नु उनको लक्ष्य थिएन । स्टिल फोटोग्राफि नै उनको सानैदेखिको सोख हो । जुन अहिले आएर पेशा बनेको छ । लजालु स्वभावका भूपाललाई फिल्म खेल्छु जस्तो पनि लागेको थिएन । तर निर्देशक केश गुरुङले अकस्मात फिल्म खेल्ने हो ? भनेर सोधेपछि उनलाई पनि क्यामेरा अगाडि आउने रहर जाग्यो । भन्छन्– ‘कुरा भैरहँदा रहरै रहरले फिल्म खेल्न मलाई उत्प्रेरित गर्‍यो ।’
 
भूपालले तीनवटा फिल्ममा मुख्य अभिनेताकै रुपमा अभिनय गरिसकेका छन् । ‘यम्फावती’ र ‘बलेनी’ उनले खेलेका दुई फिल्म हुन् । यी दुवै फिल्मका निर्देशक कृष्णकुमार गुरुङ हुन् । 
 
निर्देशक कृष्णकुमार गुरुङले ऐतिहासिक फिल्म ‘यम्फावती’को स्क्रिप्ट लिएर पुगे, उनलाई त्यसको स्टोरीलाईनले नै तान्यो । भूपाल यो फिल्ममा भेडा गोठालेको रुपमा देखिएका छन् । पौराणिक पात्र ‘यम्फावती’को रुपमा यो फिल्ममा भलिबल खेलाडि सिपोरा गुरुङ देखिएकी छन् । फिल्म ‘बलेनी’मा भने उनलाई अघिल्लो फिल्ममा राम्रो काम गरेको आधारमा निर्देशक कृष्णकुमार गुरुङले आँफै एप्रोच गरेका थिए । 
 
ग्लामर फोटोग्राफिमा विशेष रुची राख्ने भूपालले हालसम्म १ सय भन्दा बढि मोडलहरुको फोटोशुट गरिसकेका छन् । न्यूड फोटोशुट गर्ने पोखराकै पहिलो फोटोग्राफर पनि उनै हुन् । ग्लामर फोटोग्राफि बाहेक ‘प्राकृतिक सुन्दरता’को फोटोग्राफि गर्नु पनि उनको सोख हो । भिडियोग्राफिमा उनको खासै रुची भने छैन । तर उनले आफ्नै सिनेम्याटोग्राफि र निर्देशनमा ‘घाटु’ नामक एउटा साँस्कृतिक डकुमेन्ट्री भने बनाएका छन् । 
 
लाहुरे परिवारमा जन्मे हुर्केका भूपाल सानैदेखि प्रकृतिसँग खुब रम्थे । प्रकृतिमा देखिएका राम्रा कुरालाई कैद गरेर राख्ने ईच्छा उनको बाल्यकालदेखिको नै हो । बुवा भारतीय आर्मी र दाई ब्रिटिश आर्मीमा भएकोले उनले सानैमा आफ्नो दाई र बुवासँग ‘रिलवाला क्यामेरा’को माग गरेका थिए । उनले त्यो पाए पनि ।
 
‘रिलवाला क्यामेरा लिएर कति फोटो खिँचे, खिँचे, त्यहि बाल्यकालको रहरले अहिले मलाई क्यामेराम्यान बनाईदियो ।’ भन्छन्–‘मेरो फोटोग्राफिले सवत्र चर्चा पाओस् भन्ने म चाहन्छु ।’
 
‘मेरो लक्ष्य भनेको उत्कृष्ट फोटोग्राफर बन्नु हो, त्यसैले फिल्म मैले रोजेर गर्ने बिचार गरेको छु', अभिनयको यात्रामा अगाडि बढिरहँदा भूपालले भने–‘फिल्म खेल्न चटक्कै छाड्दिन, राम्रो अफर आएको खण्डमा भने गर्छु ।’