मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’का लागि अडिसन आह्वान, मार्सल आर्टको सिप हुनुपर्ने सर्त

फिल्मीखबर, काठमाडौं, 2024/04/28

BALIDAN AUDITION

 

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो महत्वाकांक्षी फिल्म ‘बलिदान’मा कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । यो फिल्मबाट विराज भट्टका छोरा समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् भने सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, दिव्य देवको पनि मुख्य भूमिका रहनेछ । आगामी जेठ पहिलो साताबाट छायांकनको तयारी गरिएको फिल्मको यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ ।

यसबीच, फिल्मको अन्य मुख्य पात्रका लागि अडिसन आह्वान गरिएको छ । २२ देखि ३२ वर्ष उमेर समूहका महिला र २८ देखि ५५ वर्ष उमेर समूहका पुरुषले अडिसनमा भाग लिन सक्नेछ । अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्ने र मार्सल आर्टको सिप हुनुपर्ने सर्त राखिएको छ भने पुरुष र महिला दुवैले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्ने जनाइएको छ ।

फिल्ममा पूर्वी नेपालको इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारलाई प्राथमिकता दिइने निर्माण टिमद्वारा जारी बक्तव्यमा उल्लेख छ । अडिसनका लागि आवेदन दिने मिति बैशाख मसान्तसम्म तोकिएको छ ।
   
यस वर्षको दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्म एक्सन प्रधान हुनेछ । फिल्मको बजेट ४ करोडमाथि हुने अनुमान छ ।