मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`प्रमिस`को जम्बो टोली सिङगापुर उड्यो

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/20

सम्भवत फिल्म खिच्नकै लागि भनेर यति धेरै युनिटका साथ नेपाली फिल्मकर्मी  हाल सम्म विदेश गएका थिएनन् होला तर सुरज सुब्बा जो पछिल्लो समय  सफल निर्देशकको रुपमा परिचित छन् उनको नेतृत्वमा २० जनाको जम्बो टोली आज सिङगापुर गएको छ । 

सपनाको शहर भनेर चिनिने सिङ्गापुरको तेईस दिने बसाईमा नाल्बोले प्रमिशको ६५ प्रतिशत सुटिङ्ग गर्ने  छन् । सुटिङ्गका लागि उनले ३० फिटको जोनिजिप स्टडी क्याम जिवाम रिफलेक्टर पनि लगेका छन् । प्रोडक्सन म्यानेजर अर्जुन पोखरेलका अनुसार ट्रली बाहेक सम्पूर्ण ईक्यूपमेन्ट कार्गो गरी पठाईएको छ । मन्जरीमा ब्यस्त रहेका कारण उनी भने सिङगापुर जान पाएनन् ।

टोलीमा फाईट मास्टर रोशन श्रेष्ठ उनका दुई सहयोगी कोरियाग्राफर गोविन्द राई, क्यामेरापस्रन सजय लामा र उनका पनि दुई सहयोगी साथमा क्यामेरा टेकर यसैगरी मेकअप तर्फ विपना बस्नेत कला निर्देशक सुनिल लामा  साहायक निर्देशकद्धय अराज केशव गिरी, मिनाक्षी कोईराला त्यसैगरी `के यो माया हो` डेब्यू नेगेटिभ हिरो अनुरागमान सिहं कुवँर, संगीतकार महेश खड्का र प्रमुख आकर्षणको रुपमा केकी अधिकारी टोलीमा छिन् । केकी सो फिल्मकी प्रमुख कलाकार हुन जसको वरीपरी पुरै फिल्मको कथा घुम्ने निर्देशक नाल्बोले बताए ।  'रमाईलो लागिराछ पहिलो पटक अबरोडको सुटिङ्गमा जादैछु ।' हर्षित मुद्रामा  केकीले एयरपोर्ट परिसरमा भनिन् । टोलिमा एडिटर बनिश शाह पनि छन् जसले अनलाईन फिल्मको एडिट गर्ने छन् ।



यस्तै  महेश खड्का सो टोलिमा सिङ्गापुर जानुको कारण पनि खुलेको छ । कारण के रहेको छ भने प्रमिस उनको ब्यानर टिएनआरजी प्रोडक्सन मार्फत निर्माण हुन लागेको हो र उनी पनि एक सो फिल्मका एक प्रोड्यूसर रहेको  रहस्य बाहिरिएको छ । तपाई जानुको कारण के होला भन्ने प्रश्नमा संगीतकार खड्काले हातमा रहेको फाईल देखाउदै भने 'सिङ्गगापुर प्रशासनबाट सुटिङ अनुमति लिन मै जानुपर्ने भएकाले गएको हुँ यध्यपी म पनि पूरै टिमको साथ मात्र उता बाट फर्किने छु ।'  सो टिम २३ दिन पश्चात स्वदेश फर्किने कार्यक्रम छ । टिम दिल्ली टच फ्लाईट हुदै भोली मात्र सिङगापुर पुग्ने छ र पर्सिबाट सुटिङका लागि फ्लोरमा जाने छ ।



सुटिङ बलिउड बल्क बस्टर फिल्म क्रिश  खिचिएको स्थान सन्टेकासिटी सहित स्कोच पार्क, हाउपर भिल्ला, मुस्तफा, जुसईङ, आर्थर रोड, बोटानिक गार्डेन, पोरकोनिङ पार्क र हेण्डेन ब्रिजको सुन्दर लोकेशनमा हुने  बताईएको छ । 'फेसबुक खिच्दा उहाँहरुलाई निकै समस्या परेको देखे अनि नेपाली भएको नाताले उहाँहरुलाई त्यतिबेला सहयोग गरे यस पटक पनि लोकेसन सिफारिसमा पूरै सहयोग गर्ने मौका पाएको छु।'  सिगापुर प्रहरीका  ईन्स्पेक्टर-२ दयाराम राईले भने ।



फिल्ममा सिङगापुर प्रहरीमा कार्यरत दुई प्रहरी नर लिम्बु र रमेश राई पनि प्रमुख कालकार रहेका छन् जसको प्रमिश पहिलो फिल्म हुने छ । उनीहरु पनि फिल्मका मुख्य निर्माता टंक लिम्बुको साथमा नाल्बोकै टोलीमा आजै  सिगापुर गएका छन् ।  रिभेन्ज ड्रामा आधारित सो फिल्म खिचेलगत्तै नाल्बो थप दुई फिल्म निर्देशनमा ब्यस्त हुने छन् । उनीद्धारा निर्देशित सायद हाल राजधानीका केही हल सहित मोफसलमा निकै सफलतापूवर्क प्रदर्शनरत छ भने फेसबुक रिलिजको तयारीमा र मेरो भ्यालेन्टाईन पोष्टप्रोडक्सनमा छ   ।   एयरपोर्टमा नाल्बोले दिएको भिडियो प्रतिक्रिया तपाई हेर्न सक्नु हुन्छ ।

 


 

 

दुई महिना अगी  सिङ्गापुर जादा नाल्बोले प्रमिस खिच्न तय गरेको लोकेशनका केहि तस्विरहरू हेर्न पुरानो निउज लिंकमा क्लिक गर्नुस !

सिङ्गापुर लोकेशन हण्टका केहि तस्विरहरू -