Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1867 - 1872 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-11-15, शुक्रवार

केही वर्षअघि निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा ‘महानायक (राजेश हमाल) हुनुहुन्छ र ?’ भनेर दिएको अभिव्यक्तिले अहिलेसम्म पनि उनीमाथि गालीगलौज रोकिएको छैन । उनको त्यही अभिव्यक्तिका कारण धेरैले अभिनेता दीपकराज गिरीलाई कटाक्ष गर्दै ‘महानायक’ भन्ने गरेका छन् । अक्सर यो कटाक्ष उनले फेसबुकमा लेख्ने गरेका स्टाटसको कमेन्टमा देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-15, शुक्रवार

‘भ्यालेन्टाइन डे’को अवसर पारेर आगामी फागुन २ गते दुई मल्टीस्टारर फिल्म बक्स अफिसमा आमने-सामने हुने भएका छन् । यो मितिमा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ लाई प्रदर्शन मिति घोषणा गरेपछि भिडन्त निश्चित भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-11-14, बिहिवार

कुनै बेला थियो, नेपाली फिल्ममा विपना थापा निर्विकल्प अभिनेत्रीझैँ थिइन् । विशेषगरी गाउँले र दुःखी चरित्रमा उनी पहिलो रोजाई बनेकी थिइन् । अभिनय पनि सशक्त भएकाले उनी करिब डेढ दशक करिअरको उचाइँमा रहिन् । तर, भारतीय नागरिकसँग विवाहपछि उनको अभिनयमा सक्रियता कम हुँदै गयो । सन्तान भएपछि त करिब १३ वर्ष अभिनयबाट पूर्ण रुपमा टाढा नै रहिन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-14, बिहिवार

१३ वर्षको अन्तरालमा दुईपटक हलमा प्रदर्शन गरिएको स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनकथामा आधारित फिल्म ‘आचार्य’ अब निःशुल्क प्लेटफर्म युट्युबमा उपलब्ध भएको छ । बुधबार फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । युट्युबमा फिल्मलाई अब्बल प्रतिक्रिया मिलेको छ । प्रायःले मनछुने फिल्म भनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-14, बिहिवार

अभिनयमा पारंगत मानिन्छन्, माओत्से गुरुङ । रंगमञ्च पृष्ठभूमिका उनले हरेक प्रकारका चरित्रमा प्राण भरेका छन् । दुई दर्जन बढी फिल्ममा काम गरिसकेका उनको नयाँ फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ, जुन बोक्सी कुप्रथाको कथामा बनेको हो । यसमा उनी धामीको भूमिकामा छन् । ट्रेलरमा उनले बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरेको र मलमूत्र खुवाउन आदेश दिएको देख्न सकिन्छ ।

Results : 1867 - 1872 of 23769
Most Visited News (monthly)