Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1885 - 1890 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । अर्थात् उनीहरु अभिभावक बन्दैछन् । आइतबार आश्माले ‘बेबी सावर’ मनाएकी थिइन् । सोमबार उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेअर गरेकी छन्, जसमा उनले ‘मम्’ र संयमले ‘ड्याड’ लेखिएको क्यापटोपी लगाएका छन् । आश्मा आगामी मंसिरमा आमा बन्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

कीर्तिमान भनेको तोडिनका लागि बन्छ । संसारमा असम्भव मानिएका कयौं कीर्तिमान तोडिएका छन् । तर, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको दुर्लभ कीर्तिमान तोडिन सहज देखिँदैन । लक्ष्मीपूजा (कात्तिक १५ गते)बाट प्रदर्शनमा आएको यो फिल्मले शो संख्या र व्यापारमा कीर्तिमान रचेको छ । सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा बनाएको फिल्मले एक दिनमै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान पनि कायम गरेको छ ।

एजेन्सी, काठमाडौं, 2024-11-10, आईतवार

बलिउड अभिनेत्री विद्या बालन लामो समयदेखि फिल्मको असफलतासँग जुध्दै आइरहेकी थिइन् । सन् २०१२ मा आएको फिल्म ‘कहानी’पछि उनका लगातार ८ वटा फिल्म असफल भए । सन् २०१९ मा आएको फिल्म ‘मिशन मंगल’ सफल भए पनि त्यसको जस उनले पाइनन् । गत अप्रिलमा उनको नयाँ फिल्म ‘दो और दो प्यार’ रिलिज भएको थियो । तर, यो पनि चल्न सकेन ।

फिल्मीखबर, काठमाडौं, 2024-11-10, आईतवार

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेताद्वय हरिवंश आचार्य र प्रकाश सपूतपछि शुक्रबार मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्ध भइन् । अब फिल्ममा अर्की अभिनेत्री प्रियंका कार्कीको पनि प्रवेश भएको छ । निर्माताले प्रियंका र स्वस्तिमासँग एकैदिन कागजी सम्झौता गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-10, आईतवार

अभिनेता आर्यन सिग्देल अभिनयमा मात्र होइन, निर्माणमा पनि सक्रिय छन् । उनले पछिल्लो पटक फिल्म ‘कायरा’ (२०७५) निर्माण गरेका थिए । यद्यपि, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । यसपछि अभिनयमै जोड दिएका उनी फेरि फिल्म निर्माणमा फर्किँदैछन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-10, आईतवार

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ घरेलु बक्स अफिसमा इतिहास रच्ने बाटो छ । शो संख्यामा कीर्तिमान बनाइसकेको फिल्मले व्यापारमा नयाँ मानक सिर्जना गर्ने सम्भावना देखिएको छ । बिहान ५ बजेदेखि साँझ ११ बजेसम्म शो खुलाउँदा पनि देशभर टिकटको हाहाकार देखिन्छ । फिल्मको कथा र कलाकारको अभिनयले दर्शकलाई रुवाइरहेको छ ।

Results : 1885 - 1890 of 23769
Most Visited News (monthly)