
प्रायः अभिनेत्रीहरु करिअरको सुरुवाती समयमा आमाको रोल गर्न हम्मेसी चाहँदैनन् । यो रोल गरेपछि सहायक भूमिकामा सीमित हुनुपर्छ, हिरोइन भएर काम गर्न पाइँदैन भन्ने भय धेरैलाई हुन्छ । तर, अभिनेत्री वर्षा राउत यो मामलामा अलग देखिन्छिन् । उनले दोस्रो फिल्म ‘छक्का पञ्जा’मा नै आमाको भूमिका निभाएकी थिइन् । ‘जात्रा’ श्रृंखलामा त दुई सन्तानकी आमा भइसकेकी छन् ।

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ फिल्ममा देखिँदैछन् । फिल्म ‘रिमै’मा उनीहरुको सहकार्य जुरेको हो । मंगलबारबाट फिल्मको छायांकन सुरु गरिएको छ । गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।


नकारात्मक भूमिकामा रोजाइको कलाकार बनिरहेका छन्, प्रकाश शाह । डेब्यु फिल्म ‘लभ स्टेशन’ हुँदै ‘साङ्लो’ र पछिल्लो फिल्म ‘रावायण’सम्म आइपुग्दा उनी नकारात्मक भूमिकामै देखिए । ‘रावायण’मा उनले निर्वाह गरेको ‘काल्का’को चरित्र दर्शकले रुचाएका थिए । अब उनी नयाँ फिल्म ‘सत्यवीर’मा देखिने भएका छन् । सोमबार उनीसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।

फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार कमलपोखरीस्थित बिग मुभिज पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् । दिउँसो २ः४५ बजेको शोमा फिल्म हेरेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनी पनि प्रसन्न भावमा देखिए ।

गायक समेत रहेका कलाकार मुरलीधरलाई दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ले एकपटक फेरि चर्चामा ल्याएको छ । यसमा उनी नकारात्मक भूमिकामा प्रस्तुत भएका थिए । फिल्मले व्यावसायिक सफलता त पायो नै, उनको अभिनयलाई पनि दर्शकले रुचाए । अब उनी अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’मा आबद्ध भएका छन् । यसमा पनि उनी भिलेनकै भूमिकामा देखिनेछन् ।

