Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1615 - 1620 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-01-24, शुक्रवार

अभिनेत्री तथा निर्मात्री निशा अधिकारी ८ वर्षपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । उनी कार्यकारी निर्माताको रुपमा आबद्ध भएको फिल्म ‘माया प्रीति’को शुक्रबार घोषणा गरिएको छ । यसअघि उनले सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेकी थिइन् । अवि श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा निशासहित सन्तोष कुमार कार्की छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-24, शुक्रवार

वर्षौंदेखि नेपाली फिल्ममा रंग संयोजन (कलर ग्रेडिङ) गर्दै आइरहेका जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक झन्डै एक मिनेट लम्बाईको टिजरले थ्रिल महसुस गराउँदै प्रेम र बदला भाव देखाउँछ । फिल्मका मुख्य पात्र अंकित खड्काको ‘न्यारेसन’बाट सुरु भएको टिजर हिंसात्मक दृश्यसँगै अन्त्य हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-24, शुक्रवार

गत मंसिरपछि नेपाली फिल्मको व्यापार सेलाएको छ । ठूला ‘स्टार’का फिल्मले समेत दर्शक तान्न सकेनन् । अब शुक्रबारबाट नयाँ फिल्म ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । एकातिर ‘उजेली’ जस्तो यादगार डकुड्रामा बनाएका दीपेन्द्र गौचनको निर्देशन र अर्कोतिर नाजिर हुसेन र सृष्टि श्रेष्ठ जस्ता नाम चलेका कलाकार भएकाले फिल्मले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-24, शुक्रवार

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’मा कलाकार सीताराम कट्टेल (धुर्मुस)को अभिनयबारे निर्माणको समयदेखि नै गोप्य राखिएको थियो । बिहीबार भने एक पोस्टरमार्फत् उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । जसमा उनी १४ जनाको हत्या गरेको अभियोगमा हाल जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफतव आलमको हुलियामा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-23, बिहिवार

अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका तथा प्रस्तुति रहेको फिल्म ‘सारंग’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत् सार्वजनिक २ मिनेट २३ सेकेण्ड लम्बाईको ट्रेलरमा पारिवारिक कलहले बच्चामा पर्ने मनोवैज्ञानिक असर र एउटै उमेर समूहका दुई अलग आर्थिक हैसियतका बालकहरुको घनिष्ट मित्रतालाई देखाइएको छ । फिल्ममा ऋचाले आमाको भूमिका निभाएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-23, बिहिवार

बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुनाःएक व्यथा’को पहिलो गीत ‘आमाको मुहार’ सार्वजनिक गरिएको छ । यदु राई लकान्द्रीको पार्श्व गायन, जीवन सेन्चुरीको शब्द तथा रमेश सन्चुरीको संगीत रहेको गीतको भिडियोमा फिल्मकी मुख्य पात्र अस्मिता ढकालले बाल विवाह गरेर श्रीमानको घरमा गएपछि भोग्नुपरेको पीडा र यातनालाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

Results : 1615 - 1620 of 23775
Most Visited News (monthly)