Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1603 - 1608 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार
फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

‘एक्टर’ नाममा दुईवटा फिल्म निर्माण भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार जिल्ला अदालत काठमाडौंमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर : टेक वन’को रिलिज रोक्का गरेर क्षतिपूर्ति दिन माग गर्दै रिट दायर गरेका छन् । माघ १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सोमबार जारी पोस्टरमा फिल्मका मुख्य चार पात्रहरु ऋचा शर्मा, उत्पल झा, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की प्रस्तुत छन् । उनीहरुलाई गम्भीर भावमा देख्न सकिन्छ । यसले फिल्मको कथावस्तुमा सङ्घर्ष र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

सर्वाधिक कमाइको कीर्तिमानी बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगी’को आइतबार आयोजित सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले यसको सिक्वेल निर्माणको औपचारिक घोषणा गरे । तर, न निर्देशक न त कलाकारको नाम सार्वजनिक गरियो । फिल्मको सिक्वेल निर्माण हुने भएपछि यसका निर्देशक तथा कथाकार सरोज पौडेलले भने असहमति व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग अर्थात् सिक्वेल निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको फिल्म सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । यो फिल्मसँगै उनले यसअघि नै पोस्टरमार्फत् घोषणा भइसकेको फिल्म ‘रोल नं १’ २०८२ सालमा प्रदर्शन हुने पनि जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

घरेलु बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान बनाएको ‘पूर्णबहादुरको सारंगी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गरिदिएको छ । यसअघि उनी सहायक भूमिकामा बढी देखिन्थे । पारिश्रमिक ५ लाख पाउन पनि उनलाई गाह्रो पर्थ्यो । तर, ‘सारंगी’को सफलतापछि उनको पारिश्रमिक ५ गुणा बढेको छ भने मुख्य भूमिकामा फिल्म अफरको ओइरो नै लागेको छ ।

Results : 1603 - 1608 of 23775
Most Visited News (monthly)