Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1609 - 1614 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

आगामी चैत १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक फर्स्टलुकमा कलाकार वीरेन्द्र सिंह कुशवाहालाई मात्र चित्रित गरिएकोमा नयाँ पोस्टरमा भने फिल्मका मुख्य पात्रहरु कविता आले, प्रकाश घिमिरे, प्रवीण खतिवडा, शिशिर बाङ्देल, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, नूतन र राज थापा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र यही बुधबारबाट प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालत प्रवेश गरेको छ । फिल्म रिलिजपूर्व ‘हामी नै असली एक्टर हौं’ भन्दै पत्रकार सम्मेलन गरेका निर्माताले आइतबार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

नेपाली फिल्म क्षेत्रका लागि मंसिर र पुष महिना व्यापारको हिसाबले निराशाजनक रहन पुग्यो । दयाहाङ राई, सौगात मल्ल जस्ता ‘स्टार’का फिल्म समेत फ्लप भए । यो अवस्थामा शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘केटी हराएको सूचना’प्रति धेरैको अपेक्षा थियो । तर, फिल्मको दुई दिनको प्रदर्शन हेर्दा उत्साहित हुनुपर्ने अवस्था देखिँदैन । फिल्मले बक्स अफिसमा औसत सुरुवात गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

अभिनेता राजबल्लभ कोइराला आफ्नो कमब्याक फिल्म ‘एक्टर: टेक वन’को प्रवर्द्धन गर्न अमेरिकाबाट काठमाडौं आइपुगेका छन् । शनिबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई फिल्मका मुख्य अभिनेता प्रदीप खड्का, निर्देशक राजन भुसाल लगायतले स्वागत गरेका थिए । बडिगार्डसहित विमानस्थलबाट बाहिरिएका राजबल्लभ सञ्चारकर्मीहरुसँग पनि केहीबेर गफिए ।

फिल्मीखबर, काठमाडौं, 2025-01-25, शनिवार

यतिबेला भारत र नेपालमा एउटा हिन्दी वेब सिरिजको निकै चर्चा भइरहेको छ । त्यो सिरिज हो, ‘पाताल लोक २’ । चर्चित ओटीटी प्लेटफर्म प्राइम भिडियोमा १७ जनवरीबाट रिलिज भएको यो सिरिजको नेपालमा समेत चर्चा हुनुको पछाडि भने अभिनेता प्रशान्त तामाङको अभिनय एउटा मुख्य कारण हो । गायक र अभिनेताको रुपमा चिनिएका उनी यसमा महत्त्वपूर्ण भूमिकामा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-24, शुक्रवार

२०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’मा समावेश ‘पारी त्यो डाँडामा’ गीतले करिब २/३ वर्ष बजारमा एकछत्र कब्जा जमायो । अझै पनि जनजिब्रोमा यो गीत झुण्डिएको छ । गीतको लोकप्रियताका कारण फिल्मलाई ओपनिङ पनि सानदार मिलेको थियो । तर, रिलिजको दोस्रो दिनै (बैशाख १२ गते) ठूलो भूकम्प जाँदा फिल्म चल्नै पाएन । यद्यपि, गीतको चर्चा भने कम भएन ।

Results : 1609 - 1614 of 23775
Most Visited News (monthly)