
बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुनाः एक व्यथा’ च्यारिटी शोमा दर्शक बेहोस भएको घटनाले चर्चामा छ । थुप्रैपटक च्यारिटी शो भइसकेको फिल्म हेरेर केही ठाउँमा दर्शक बेहोस भएका थिए । यसपछि फिल्मप्रति दर्शकमा चासो बढेको थियो । अब भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको देशभरका मल्टीप्लेक्सहरुले बुकिङ खुला गरेका छन् ।

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को पहिलो गीतको रुपमा बिहीबार ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीत निर्माण टिमले फिल्म प्रचारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको युगल गायन रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ भने कृष्ण भारद्वाजले संगीत दिएका छन् ।

फिल्म ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिका प्रसाईं ‘छक्का पञ्जा ३’ जस्तो सफल फिल्मको समेत हिस्सा बनिसकेकी छन् । तर, निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएपछि केही समय अभिनयमा निस्क्रियजस्तै देखिएकी उनी अब नयाँ फिल्म ‘मायावी’बाट पुनरागमन गर्दैछिन् । यो फिल्मको छायांकन हुँदा उनी गर्भवती थिइन् । यसैले पनि दीपिकाका लागि यो फिल्म एकदमै विशेष छ ।

यही माघ २५ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ममी’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर-थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । फिल्म हेरेका धेरैले फेसबुकमा पनि यही वाक्य उल्लेख गरेका छन् ।

भोलि शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिका निभाएकी छन् । अझ भनौं, उनी फिल्मकी सोलो अभिनेत्री हुन् । लामो समयपछि शीर्ष भूमिकामा काम गरेकी उनले यसमा आमाको भूमिका निभाएकी छन् । वास्तविक जीवनमा पनि आमा बनिसकेकी उनले यो फिल्मलाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ मानेकी छन् ।

दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसन र मधेशमा चर्किएको आन्दोलनलाई चित्रण गरेको छ । फिल्मले ०६३/०६४ सालमा भएको मधेश आन्दोलनको समयको कथा भन्ने टिजरले संकेत गर्छ ।

