
निर्देशक शोभित बस्नेतले अष्ट्रेलियाबाट आफ्नो नयाँ फिल्म ‘पीआर’को छायांकन सुरु गरेका छन् । अष्ट्रेलियाको कोग्रास्थित एक रेष्टुरेन्टमा मंगलबार मुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मका मुख्य कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए ।

गत बैशाखदेखि कात्तिकसम्म नेपाली फिल्मको व्यापार चकाचक नै रह्यो । यो अवधिमा लगभग १० वटा फिल्म व्यावसायिक रुपमा सफल भए । कात्तिकमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले त घरेलु बक्स अफिसमा इतिहास नै रच्यो । तर, मंसिर महिना लागेयता नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो छ । ‘स्टार’ कहलिएका कलाकारहरुको फिल्म समेत बक्स अफिसमा डुबिरहेका छन् ।


काठमाडौंका मेयर तथा र्यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्याप गीत सार्वजनिक भएको छ । बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द तथा म्यूजिक कम्पोज छ । यो गीतको अडियो १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

गत असारमा अभिनेत्री पूजा शर्माले ‘दान्भी’ रिलिजको बेला हल ‘भिजिट’को क्रममा ‘काली २’ बन्न लागेको घोषणा गर्दै आफू र रेखा थापाको मुख्य भूमिका रहने जानकारी गराएकी थिइन् । तर, अब रेखा र पूजा दोस्रो पटक एकसाथ देखिन लागेको फिल्मको नाम ‘काली २’ नराखिने भएको छ । निर्देशनको जिम्मेवारीमा रहेका सविर श्रेष्ठले नयाँ नाम र नयाँ कन्सेप्टमा फिल्म बन्ने जानकारी दिए ।

एकता पौडेलको निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ । सोमबार उनले फिल्मको निर्माण घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिएको जानकारी गराइन् । पहिलो पटक खगेन्द्र र आँचलले फिल्ममा सहकार्य गर्न लागेका हुन् । र, एकताको यो डेब्यु निर्देशकीय फिल्म हो ।

