Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1519 - 1524 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-02-13, बिहिवार

भोलि शुक्रबार अर्थात् फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’ले बुधबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब हलमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । बाबु-छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित रहेको फिल्म मनछुने बनेको प्रायःको प्रतिक्रिया थियो । फिल्म हेरेर निस्किँदै गर्दा कतिको आँखामा आँसु समेत देखिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-13, बिहिवार

‘अगस्त्य’बाट चर्चामा आएका सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार निर्देशक चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दुईवटा पोस्टरमा फिल्मका मुख्य अभिनेता विपिन कार्की चित्रित छन् । हातमा सर्ट गन बोकेका उनको अनुहारमा रिसको आवेग छ । यसले उनको पात्र बदलाको भावमा रहेको बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-13, बिहिवार

प्रणय दिवसको दिन पारेर फागुन २ गतेबाट प्रदर्शन हुन लागेका दुई फिल्म ‘दुःखी आत्मा’ र ‘रंगी’को देशभरका मल्टीप्लेक्सहरूमा बुकिङ खुला भइसकेको छ । तर, दुई फिल्मको शोमा आकाश-जमिनको अन्तर देखिन्छ । हल सञ्चालकहरुले ‘दुःखी आत्मा’लाई बढी काँध थापेका छन् । यो फिल्मले देशभर लगभग दुई सय शो प्राप्त गरेको छ भने ‘रंगी’ ६०/७० हाराहारी शोमा खुम्चिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-12, बुधवार

गायक रामकृष्ण ढकाल अब फिल्मको निर्माता बन्ने भएका छन् । उनले फिल्म ‘मालती मङ्गले’ निर्माण गर्न लागेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत् फिल्मको शीर्षक सार्वजनिक गर्दै उनले नयाँ यात्रा सुरु गर्न लागेको जानकारी गराए । फिल्मको निर्माण रानी म्यूजिक इन्टरनेशनलबाट हुनेछ । यो कम्पनी गायक ढकालले आफ्नी छोरी रानीको नामबाट खोलेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-12, बुधवार

अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको जोडी बाँधिएको फिल्म ‘सोल्टिनी’को छायांकन पूरा भएको छ । पूर्वी जिल्लामा पर्ने इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म प्याकअप भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । मंगलबार भोजपुरको अन्नपूर्ण गाउँमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-12, बुधवार

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)का पाँच मुख्य कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पाँचवटा पोस्टरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनाल चित्रित छन् । उनीहरुको दुई फरक अवस्थालाई चित्रण गरिएको पोस्टरले पाँचजना पात्र कुनै ठूलो समस्यासँग जुधिरहेको संकेत गर्छ ।

Results : 1519 - 1524 of 23775
Most Visited News (monthly)