Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम, धोका र वियोग

फिल्मीखबर, काठमाडौं, 2026/11/18

Bijay Baral, Anjana Baraili

 

काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । मंसिर १८ गते (४ डिसेम्बर)बाट प्रदर्शन हुने फिल्मको टिजरले कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ । एक नवदाम्पत्य जोडीको सम्बन्धमा आउने उतारचढावलाई टिजरमा प्रस्तुत गरिएको छ । 

कटुवालले गाउँलेलाई सूचना सुनाएको दृश्यसँगै सुरु भएको टिजरमा विजय बराल र अञ्जना बराइली बिहेको रात प्रेमिल कुरा गरिरहेका देखिन्छन् । तर, त्यसलगत्तैको दृश्यमा अञ्जना विनोद न्यौपानेको पछिपछि हिँडिरहेकी देखिन्छिन् । टिजरको अन्तिममा अञ्जना डाको छाडेर रोइरहेको र विजय गहभरि भएको दृश्यले फिल्मको कथामा प्रेमसँगै धोका र वियोग पनि रहेको संकेत गर्छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय, अञ्जना र विनोदसहित उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, अनिता गिरी, विनोद परियार, यूना खड्कालगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् ।

निर्देशक पौडेल स्वयंको कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी तथा सुप्रिम पराजुलीको रंग संयोजन छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन् ।