Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुलो जून’को शीर्ष गीतमा छल्कियो अनमोल र प्रिन्सीको प्रेम

फिल्मीखबर, काठमाडौं, 2026/10/30

Anmol KC, Princy Khatiwada

 

काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रेममा रहेका जोडीको भावनालाई समेटिएको गीतमा एसडी योगीको संगीत तथा राम अविरल विष्टको शब्द छ । गायनमा एसडीलाई सानु सुनारले साथ दिएकी छन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका भुवन केसी र गरिमा पन्त देखिएका छन् । उनीहरूको रोमान्टिक केमेस्ट्रीले दर्शकलाई प्रेमिल मूडमा पुर्‍याउँछ । भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन र गरिमाको युवावस्थाको भूमिकामा प्रस्तुत गरिएको छ ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, हिना नगरकोटीलगायतको पनि अभिनय देख्न सकिनेछ । फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह-निर्मातामा छन् ।

करिब ३० को दशकको प्रेमकथामा आधारित यस फिल्मको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीको हो भने पटकथा तथा संवाद सामिप्यराज र सरिनले तयार पारेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सार्थक तालेको ध्वनि संयोजन छ ।