Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विशेष शोमा ‘हली’को प्रशंसा, निर्माता उत्साहित

फिल्मीखबर, काठमाडौं, 2026/07/26

hali movie

 

यही साउन २२ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हली’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार काठमाडौँको कमलपोखरीस्थित बिग भुमिजमा आयोजित विशेष प्रदर्शनीमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे । फिल्मले समाजमा गहिरो सन्देश दिने अधिकांशको प्रतिक्रिया थियो ।

छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै दर्शकहरूले निर्माता−निर्देशकलाई धन्यवाद पनि दिए । दर्शकको अनपेक्षित माया र सकारात्मक प्रतिक्रियाबाट निर्माण टिम उत्साहित देखिएको छ । निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले विशेष शोको प्रतिक्रियाले थप हौसला मिलेको बताए । 

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायतका कलाकारहरूले अभिनय गरेका छन् । निर्देशक प्रतीक स्वयंको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । फिल्मको एक गीतमा दीपाश्री निरौला, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा अर्जुन भुसाल रहेका छन् भने नम्रता भण्डारी सह−निर्मातामा छिन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।