Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अल्फा’को टिजरमा आलियाको एक्सन अवतार

एजेन्सी, काठमाडौं, 2026/06/10

Alia Bhatt

 

यशराज फिल्म्स (वाईआरएफ)को स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’को टिजर सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक झन्डै २ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु प्रस्ट पार्न खोजेको छ । अभिनेता बबी देओल र अभिनेत्री आलिया भट्टलाई केन्द्रमा राखिएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी छन् । 

बबी र आलिया बाबुछोरीको भूमिकामा छन् । बबीले छोरीलाई सानैदेखि कुनै उद्देश्यका लागि कठोरपूर्ण सैनिक तालिम दिइरहेका हुन्छन् । जब आलिया १८ वर्षकी हुन्छिन्, त्यसै दिन बबीले उनलाई एउटा ‘मिशन’ पूरा गर्ने जिम्मेवारी दिन्छन् । यसपछि आलिया सिपाही शैलीमा साहसिक एक्सन गर्दै देखिएकी छन् । एक्सन दृश्यहरूमा उनी आक्रामक अवतारमा प्रस्तुत भएकी छन् ।

जुलाई ३ मा प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यसमा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर. माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो । 

‘वाईआरएफ स्पाई युनिभर्स’ भारतकै सबैभन्दा सफल स्पाइ–थ्रिलर फ्रेन्चाइजमध्ये एक मानिन्छ । यस युनिभर्सको सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो । यो फिल्म एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ ।