Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजय कुमारले फिल्म निर्देशन गर्ने, मुख्य भूमिकामा विपिन

फिल्मीखबर, काठमाडौं, 2026/06/05

Bipin Karki

 

चर्चित पत्रकार तथा लेखक विजय कुमार पाण्डेले अब फिल्म निर्देशन गर्ने भएका छन् । अभिनेता विपिन कार्कीले निर्माण गर्ने फिल्मबाट उनले निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । विभिन्न चरणको छलफलपछि शुक्रबार उनीहरूबीच फिल्ममा सहकार्य गर्ने मौखिक सहमति भएको हो । फिल्मको नाम भने अहिलेसम्म तय नभएको विपिनले जानकारी दिए । 

विजयसँगको सहकार्यबारे विपिनले फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, ‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो । भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय कामहरू गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।’ 

फिल्मको निर्माण विपिन र उनका साथीहरूको कम्पनी लाइट वेन्डर्स प्रालिले गर्नेछ । दशैंपछि छायांकनको योजना बनाइएको उक्त फिल्मको निर्माण लागत ४ करोड अनुमान गरिएको छ । विपिन स्वयंको मुख्य भूमिका रहने फिल्मको स्क्रिप्ट पत्रकार पाण्डे आफैँले लेखिरहेका छन् । फिल्मले एक व्यक्तिको जीवन यात्राको कथा पेस गर्ने जनाइएको छ । 

एक वर्षअघि पत्रकार पाण्डेले छोरी सारासँगको पोडकास्टमा आफूले केही समयदेखि एउटा फिल्मको स्क्रिप्ट लेखिरहेको बताएका थिए । उक्त स्क्रिप्ट ‘फिक्सन’ (कल्पना गरेर बनाइएको पात्र, घटना र ठाउँ)मा आधारित रहेको उनको भनाइ थियो । उनले अब ‘फिक्सन’ फिल्मको स्क्रिप्ट लेखनमा जोड दिने समेत बताएका थिए । उनले यसअघि केही डकुमेन्ट्री बनाइसकेका छन् ।