Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दिदीभाइ’का निर्देशक कृष्ण चापागाईंको निधन

फिल्मीखबर, काठमाडौं, 2026/06/10

krishna chapagai

 

फिल्म निर्माता, निर्देशक तथा लेखक कृष्ण चापागाईंको हृदयघातका कारण निधन भएको छ । उनको बुधबार बिहान अमेरिकाको बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट हस्पिटल (सीएचए)मा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका उनको आईसीयू कक्षमा उपचार भइरहेको थियो ।

लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’, ‘निखिल दाइ’, ‘महान’ जस्ता फिल्मको निर्देशन गरेका छन् । यीमध्ये प्रायः फिल्म उनी आफैँले लेखेका हुन् । उनले पछिल्लो पटक निर्देशन गरेको फिल्म ‘दुश्मनी’ थियो, जुन सन् २०१३ मा प्रदर्शन भएको थियो । 

उनले नेपालमा रहँदा केही समय काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ समेत सञ्चालन गरेका थिए । फिल्म तथा टेलिभिजन सिरियलको निर्माणमा यो स्टुडियोले ठूलो सहयोग पुर्‍याएको थियो । उनी आगामी अक्टोबर (असोज)मा नेपाल आएर फेरि फिल्म निर्माण तथा निर्देशन गर्ने सोचमा थिए । तर, उनको त्यो सपना अधुरै बनेको छ ।