मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘घरज्वाइँ’ पोस्टरमा यस्ता देखिए दयाहाङ र मिरुना

फिल्मीखबर, काठमाडौं, 2024/04/24

ghar jau

 

मगर समुदायको संस्कृति र संस्कारमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकेर हर्षित भावमा प्रस्तुत छन् । यसले उनीहरुको ग्रामीण जीवनको संघर्षलाई दर्शाउँछ । पोस्टरको पृष्ठभूमिमा दुर्गम ग्रामीण परिवेश देख्न सकिन्छ ।

दोस्रो पोस्टर भने परम्परागत शैलीमा तयार छ । अर्थात् फिल्मका मुख्य कलाकारहरुलाई अटाइएको छ । दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आलेको मनोदशा पोस्टरमा झल्किन्छ । निर्देशक अनिल बुढा मगरले मगर समुदायको संस्कृति र सभ्यतालाई अपनत्व गर्दै सामाजिक दृष्टिकोण जोगाएको ‘ज्वाइँ’हरुमा फिल्म समर्पित रहेको बताएका छन् ।

पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक मगर स्वयंको कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाको हो । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द रचना तथा संगीत रहेको छ ।

फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । नेपालमा भने आरआर फिल्म्सले ‘घरज्वाइँ’को वितरण गर्नेछ ।