मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

पूर्वमा आक्रामक ‘मनसरा’

फिल्मीखबर, काठमाडौं, 2024/05/03

mansara

 

‘जारी’ समूहको नयाँ फिल्म ‘मनसरा’को शुक्रबारबाट भाग्य परीक्षा सुरु भइसकेको छ । देशभर उच्च शोज पाएको फिल्मले काठमाडौंमा मध्यम व्यापार गरिरहँदा पूर्वमा भने आक्रामक सुरुवात गरेको छ । लाहुरेको सहर भनेर चिनिने धरानमा फिल्मले बिहानैदेखि हाउसफुल यात्रालाई कायम राखेको छ । धरानस्थित फ्रेण्ड्स सिनेमाजले उपलब्ध गराएको चारवटै शोजमा हाउसफुल दर्शक देखिए ।

यसैगरी, विराटनगरको क्यूएफएक्स हल, सिटी सिनेमाज् र सेन्ट्रल मल्टीप्लेक्ससहित इटहरी, दमक र विर्तामोडका हलमा पनि फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य रहेको जानकारी प्राप्त छ । फिल्मले लिम्बू संस्कृतिलाई पनि प्रस्तुत गरेकाले पूर्वमा फिल्मप्रति दर्शकको आकर्षण देखिएको हुनसक्छ । किनकि, पूर्व यही समुदायको बाहुल्यता रहेको सहर हो ।

बुधबार काठमाडौंमा प्रिमियर गरेपछि पूर्वका दर्शकलाई मध्यनजर गर्दै बिहीबार साँझ विराटनगरमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा सहभागी हुन निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, हेमन्त बुढाथोकी लगायत पूर्व पुगेका थिए । शुक्रबारबाट उनीहरुले पूर्वका हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

फिल्मको व्यापारमा महत्त्वपूर्ण मानिने काठमाडौंमा भने ‘मनसरा’को बिहानी शोज अपेक्षाकृत हुन सकेन । यद्यपि, दिउँसोबाट हलमा दर्शकको चाप बढेको छ । रात्रिकालिन शोजमा करिब ६० प्रतिशत अकुपेन्सी देखिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएकाले शनिबारको व्यापारमा उछाल देखिन सक्ने प्रक्षेपण गरिएको छ ।

 

mansara


मनसरा धानको एउटा प्रजाति हो । यसलाई अन्य धानसँग मिसाएर मात्र रोप्ने गरिन्छ । यो धानको विशेषताजस्तै फिल्मले पनि मिश्रित समाजको कथा भनेको छ । जहाँ लिम्बू र बाहुन परिवार छिमेकी छन् । उनीहरुको सम्बन्धको आयामलाई मियो बनाएर फिल्मले कथावाचन गरेको छ । फिल्म हेर्ने प्रायः दर्शकले प्रवीण खतिवडाको अभिनय रुचाएका छन् ।