मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुल ब्वाई’ अब फिल्मको हिरो, ‘होस्टेल ३’बाट डेब्यु गर्दै

फिल्मीखबर, काठमाडौं, 2024/05/03

PARASH BAM AKA COOL BOY in HOSTEL 3

 

टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले जानकारी गराए । फिल्मले ‘डिमान्ड’ गरेको पात्रमा पारस सबै पक्षबाट उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् ।

पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ गीतहरु चर्चित छन् । उनले अब अभिनयमा आफूले पाइला चाल्न लागेकोमा खुसी व्यक्त गर्दै ‘होस्टेल’ जस्तो लिगेसी बोकेको फिल्मबाट डेब्यु गर्न पाउनु भाग्यको कुरा रहेको बताएका छन् । उनले दर्शकलाई निराश नगर्ने पनि वाचा गरेका छन् । निर्देशक कँडेल अबको नयाँ स्टार पारस बन्ने दाबी गर्छन् ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरुको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको फिल्ममा माधव शर्माको स्क्रिप्ट लेखन छ । यसको कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण हुन लागेको फिल्मको निर्मातामा शिशिर ज्ञवाली रहेका छन् भने सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए । र, २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजीर हुसेन र सुशील सिटौलाको डेब्यु भएको थियो । दुवै श्रृंखलाका कलाकारहरु अहिले नेपाली फिल्ममा स्थापित छन् । ‘होस्टेल ३’लाई यस वर्षको अन्त्यतिर प्रदर्शनको तयारी गरिएको छ ।