मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘मनसरा’, ‘जारी’को रेकर्ड तोड्नुपर्ने चुनौती

फिल्मीखबर, काठमाडौं, 2024/05/03

miruna magar

 

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा ठूलो व्यावसायिक रेकर्ड राख्यो । झन्डै साढे १७ करोडको कमाई गरेको यो फिल्मको रेकर्ड गत वर्ष कसैले तोड्न सकेनन् । अब यही समूहको नयाँ फिल्म ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्देशकदेखि ‘स्टारकास्ट’सम्म एउटै भएकाले ‘जारी’को बक्स अफिस रेकर्ड अब आफैंले तोड्नुपर्ने चुनौती यो समूहलाई छ ।

फिल्मले देशभरका हलमा उच्च शोज पाएको छ । लगभग साढे २ सय शोज फिल्मलाई प्राप्त छ । तर, मल्टीप्लेक्सहरुमा ‘जारी’को जस्तो आक्रामक बुकिङ ‘मनसरा’को देखिएको छैन । बिहानी शोजमा करिब २०-३० प्रतिशत अकुपेन्सी देखिन्छ । यो अवस्थामा फिल्मको व्यापार अब ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । बुधबार साँझ भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।

फिल्मले मिश्रित समाजको कथा भनेको छ । काँठ क्षेत्रका गरिखाने वर्ग र उनीहरुको सम्बन्धको आयामलाई फिल्मले कथाको मियो बनाएको छ । मुलतः अभिनेता प्रवीण खतिवडा र अभिनेत्रीद्वय मिरुना मगर र मेनुका प्रधानमा फिल्म केन्द्रित छ । प्रवीण फिल्मका मेरुदण्ड हुन् । हाँसो र रोदन दुवै भावमा उनको अभिनय बुलन्द छ । फिल्म हेरेर निस्किँदा पनि आँखाबाट नहट्ने पात्र हुन्, उनी ।

फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । शैलेन्द्र के. कार्की छायाँकार र निर्माता हुन् । अभिनेता दयाहाङ राईको पनि विशेष भूमिका रहेको फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, विप्लव प्रतीक (कवि) लगायतको पनि अभिनय छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् ।