Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनिशाको ‘प्रेमगन्ज’ले तोक्यो प्रदर्शन मिति

फिल्मीखबर, काठमाण्डौ, 2022/03/06
benisha hamal
 
कोरोना महामारीको समयमा छायांकन भएको फिल्म ‘प्रेमगन्ज’ले प्रदर्शन मिति घोषणा गरेको छ । नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको शुभकामनासहितको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले आउँदो भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । भिडियोमा नीर शाह, विकासराज आचार्य, छबी ओझा, दिपेन्द्र के खनाललगायतले फिल्मलाई शुभकामना दिएका छन् ।
 
परिक्षेद सेनको निर्देशनमा तयार भएको फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । तेजले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्दैछन् । पेशाले बैंकर रहेका उनी फिल्मलाई लिएर आशावादी देखिएका छन् ।
 
स्पट ब्वाईको रुपमा लामो समय काम गर्दै आएका राजु फुँयालकोे प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा निर्माण भएको जानकारी प्राप्त छ । यसअघि भ्यालेन्टाइनको दिन निर्माण टिमले बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।
 

Most Visited News (monthly)