Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अदालतले भन्यो- ‘पल शाहलाई थप १२ दिन हिरासतमा राख्नु’

फिल्मीखबर, काठमाडौं, 2022/03/06
आफ्नो स्टारडम जोख्न पलको पत्रकारलाई चुनौती !
 
जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले थप १२ दिन हिरासतमा विताउनु पर्ने भएको छ । चार दिन भूमिगत जीवन विताएपछि गत आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका उनलाई पहिलो चरणमा अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आज दोस्रो पटक अदालतले थप १२ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 
 
आइतवार दिउँसो प्रहरीले एक हप्ताको अनुसन्धान पूरा गरेर पल शाहलाई म्याद थप गर्नका लागि तनहुँ जिल्ला अदालत लगेको थियो । प्रहरीलाई अदालतको अनुमतिमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ । एक सातादेखि प्रहरीले यो केशलाई हरेक कोण र आधारबाट अनुसन्धान गरिरहेको छ । सम्भवतः १२ दिनपछि अदालतमा बहस प्रक्रिया सुरु हुन सक्नेछ । 
 
१७ वर्षिय एक नाबालिग गायिकाले पलमाथि जबर्जस्ती करणीको आरोपमा फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । यसपछि प्रहरीले पलको खोजी गरेको थियो । तर, चार दिन भूमिगत भएपछि पलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ती नाबालिग गायिकाले विभिन्न समयमा पटक-पटक जबर्जस्ती बलात्कार गरेको आरोप शाहमाथि लगाएकी छन् । 
Most Visited News (monthly)