Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तारिफका बावजूद पनि ‘झुन्ड’को कमजोर ओपनिङ

एजेन्सी, मुम्बई, 2022/03/05
Jhund
 
७९ वर्षको उमेरमा पनि अभिनेता अमिताभ बच्चन अभिनयमा सक्रिय छन् । ढल्कँदो उमेरसँगै फिल्ममा भिन्न-भिन्न भूमिकामा प्रस्तुत हुँदै आएका उनले अभिनय गरेको नयाँ फिल्म ‘झुन्ड’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । समीक्षक र दर्शकहरुबाट वाहवाही बटुलिरहेको फिल्मले बक्सअफिसमा भने कमजोर ओपनिङ गरेको छ । फिल्मको पहिलो दिनको कमाई दयनीय रह्यो ।
 
ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको फिल्मको ओपनिङ डे (पहिलो दिन) को कमाई १ करोड ५० लाख छ । अमिताभ बच्चनको स्टारडमको तुलानामा फिल्मको कमाई कमजोर मानिएको छ । तथापी, फिल्मको ‘वर्ड अफ माउथ’ निकै बलियो भएकाले विकेन्डमा केही सुधार हुने अपेक्षा गरिएको छ । फिल्ममा अमिताभले उत्कृष्ट अभिनय गरेका छन् ।
 
‘झुन्ड’ महाराष्ट्रको एक स्पोर्ट्स टिचर विजय बरसेमाथि आधारित छ । जसले ३६ वर्षसम्म नागपुरको एक कलेजमा खेल (फुटबल) प्रोफेसरको रुपमा जागिर खाएका थिए । उनलाई रिटायरमेन्टमा मिलेको १८ लाख रुपैयाँले नागपुरभन्दा ९ किलो मिटर टाढा जग्गा किनेर झपडीमा बस्ने बच्चाहरुका लागि फुटबल एकेडेमी बनाएका थिए । फिल्ममा अमिताभ फुटबल कोचको भूमिकामा छन् ।
 

Most Visited News (monthly)