Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गीतमार्फत निश्चल बस्नेतलाई सरोज खनालको जवाफ !

फिल्मीखबर, काठमाडौं, 2021/09/12
५ वर्ष अगाडि पत्रकार ऋषि धमलाले आफ्नो कार्यक्रम ‘धमलाको हमला’ मा निर्देशक निश्चल बस्नेतलाई सुरुवातैमा एउटा प्रश्न गरेका थिए, ‘तपाईं आफ्नो फिल्ममा राजेश हमाल, भुवन केसी जस्ता हिरोहरुलाई नराखिकन किन युवा पुस्तालाई राख्नुहुन्छ ?’ जवाफमा निश्चतले भनेका थिए, ‘सिधा कुरा भन्दा उहाँहरुले पछिल्लो समय गरेका फिल्महरु मन नपरेर नयाँ अनुहार राखेको हुँ ।’
 
उनले अगाडि थप्दै भनेका थिए, ‘नाममा मात्र सीमित भएर हुँदैन । फिल्म पनि त चल्नु पर्‍यो नी । पछिल्लो समय राजेश दाई र भुवन दाईले खेलेका कुन फिल्म चलेका छन् ? मैले राजेश दाई, भुवन दाई, रेखाजीको फिल्म अलिअलि हेरेको छु । तर, मेरो लागि उहाँहरुको फिल्म चलेको छ जस्तो लाग्दैन ।’ अघिल्लो पुस्ताका नाम चलेका कलाकारहरु ‘असफल’ रहेको उनको आशय थियो । 
 
 
त्यसबेला उनको यो अभिव्यक्ति निकै आलोचित बन्यो । नेपाली फिल्म क्षेलाई यहाँसम्म ल्याउन योगदान गर्ने अघिल्लो पुस्ताका कलाकारलाई अपमान गरेको भन्दै उनीमाथि फिल्मकर्मी र दर्शक खनिए । अहिले पनि निश्चलले राजेश हमाल, भुवन केसी जस्ता कलाकारको बारेमा दिएको अभिव्यक्तिको ‘भिडियो क्लिप्स’ टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा निकै भाइरल छ ।
 
अहिलेका चल्तीका निर्देशकको यो अभिव्यक्तिले अघिल्लो पुस्ताका धेरै कलाकारहरुको मन कुँडिएको छ । यसैको जवाफ स्वरुप अभिनेता सरोज खनालले शनिवार सार्वजनिक भएको आफ्नै परिकल्पना रहेको गीत ‘जीवनको पाना पुरानो अब भएर गएछ’ को भिडियोमा एक निर्देशकले सुटिङ सेटमा आफूलाई गरेको नराम्रो व्यवहारलाई देखाएका छन्, जुन दृश्यले हेर्नेको मन विझाउँछ ।
 
अघिल्ला पुस्ताका कलाकारलाई अहिलेका नयाँ निर्देशकले अपमान गरेको सिन गीतको भिडियोमा राख्नुको कारणबारे सरोज खनालले भने- ‘मैले केही अन्तर्वार्ता हेरेको थिएँ, जहाँ अहिलेका नयाँ निर्देशकले ‘राजेश हमाल, भुवन केसी पनि एक्टर हुन्’ भन्ने कुरा उठाएका छन् । त्यसका लागि जवाफ हो मेरो । मभन्दा सिनियर आर्टिस्टको नाम लिएकाले त्यो मलाई भनेकै बराबर हो ।’
 
उनले आफ्नो भनाईको क्रममा कुनै पनि निर्देशकको नाम उच्चारण गरेका छैनन् । उनले ‘अहिलेका नयाँ निर्देशक’ भनेका छन् । सरोज खनालको इशारा निर्देशक निश्चल बस्नेतप्रति नै थियो भन्ने कुरा सहजै र सजिलै बुझ्न सकिन्छ । किनकि, राजेश हमाल, भुवन केसी जस्ता अघिल्लो पुस्ताका कलाकारलाई ‘कलाकारै होइनन्’ भन्ने शैलीमा निश्चल बस्नेतले दिएको अन्तर्वार्ता अझै चर्चित छ ।
 
सरोज खनालले अगाडि भने- ‘भुवन केसी हिरो भएको देखेपछि म पनि हिरो हुन सक्छु भन्ने लागेको थियो । मैले अभिनय सिकेको नै भुवन केसीबाट हो । उहाँको जुँँगा देखेपछि मैले पनि जुँगा राखेँ । यस्ता व्यक्तित्वलाई गाली गर्दा मलाई गरेको भन्दा पनि बढी लाग्दो रहेछ ।’ मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा सरोज खनालको फिल्मी जीवनको अतीतलाई उतारिएको छ । 
 

Most Visited News (monthly)