Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ : स्टार कलाकारको भीडमा मिसिए नविन

फिल्मीखबर, काठमाडौं, 2021/09/11
 
मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ यतिबेला स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा अहिलेका चल्तीका कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवालले एकसाथ अभिनय गर्दैछन् भने भिलेनको भूमिकाका लागि बलिउडबाट एक चर्चित नायक झिकाउने तयारीमा निर्माण टिम छ । यसका लागि निर्देशकसहितको टोली यतिबेला भारतमा छ । 
 
यसैक्रममा, फिल्ममा अर्का कलाकारको प्रवेश भएको छ । अभिनयमा अस्कार कलेजबाट ‘पास आउट’ भएका नविन लम्साललाई निर्देशक भट्टले फिल्ममा अनुबन्ध गरेका हुन् । फिल्म ‘राहदानी’ बाट अभिनय करिअर सुरु गरेका उनको दोस्रो फिल्म ‘कारखाना’ थियो । उनी अभिनीत नयाँ फिल्म ‘चिसो स्ट्रे’ रिलिजको तयारीमा छ । ‘एक्स ९’ मा उनको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।
 
अहिले सौगात, अनमोल, पुष्प र राजले एक्सन र जिम ट्रेनिङ गरिरहेका छन् । राजधानीको एक जिम ट्रेनिङ हल प्रत्येक दिन तीन घन्टाका लागि भाडामा लिएर फिल्मका निर्माताले कलाकारलाई जिम र एक्सन तालिमको व्यवस्था मिलाएका हुन् । चारै जनालाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । निर्देशक भट्टका अनुसार, चार महिनासम्म ट्रेनिङ चल्नेछ र पौषदेखि छायांकन सुरु हुनेछ ।
 
क्यानडा, यूरोप र नेपालमा खिचिने फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा प्रियंका थापा एकल अभिनेत्रीको रुपमा रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
Most Visited News (monthly)