बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । वर्षमा थौरै मात्र फिल्मले यो आँकडा छुने गरेका छन् । साउथ इन्डस्ट्रीमा पनि सय करोड क्लबमा इन्ट्री हुन सहज छैन । थोरै स्टारका फिल्मले मात्र यो सफलता पाएका छन् । केही स्टारहरुको एक-दुईवटा फिल्म मात्र सय करोड क्लबमा सामेल छन् भने केहीको फिल्मले पटक-पटक सय करोडको आँकडा नाघेको छ ।
सय करोड क्लबमा अभिनेता रजनीकान्तको फिल्म धेरै छ । अहिलेसम्म उनका ८ वटा फिल्मले सय करोडको आँकडा नाघेको छ । जसमा ‘२.०, रोबोट (एथिरन), कबाली, पेट्टा, दरबार, काला, लिंगा, शिवाजी’ छन् । उनीपछि तमिल स्टार थलापति विजयको नम्बर आउँछ । उनका पनि ‘मास्टर, बिगिल, मर्सेल, सरकार, थेरी, कैथी, थुपुक्की र भैरवा’ गरी ८ फिल्म सय करोड क्लबमा छ ।
.jpeg)
अभिनेता अल्लू अर्जुन पनि सय करोड क्लबका धनी हुन् । उनका ६ वटा फिल्म करोड क्लब छन् । ‘अला वैकुन्ठपुरमलो, ना पीरू सुर्या ना इलु इन्डिया, रेस गुरुम, सराइनाडु, डीजे र जुयाली’ अल्लूका सय करोड कमाउन सफल फिल्म हुन् । अभिनेता महेश बाबूका पनि ६ फिल्म ‘भरत अने नेनू, सारीलेरु नीकेवारू, महर्षि, श्रीमांथुडु, स्पाइडर र दोकाडु’ ले सय करोड कमाएको छ ।
तमिल स्टार अजित कुमारको खातामा पनि ६ वटा सय करोडवाला फिल्म छ । ती हुन्, ‘विस्वासम, विवेगम, वेधलम, नीरकोन्डा पारवी, वीरम, आरम्भ’ । अर्का तमिल स्टार सूर्याको अहिलेसम्म ‘सिंघम २, २४ र सिंघम ३’ गरी तीनवटा फिल्म सय करोड क्लबमा छ । जुनियर एनटिआरको पनि तीन फिल्म ‘अरविंद समेधा वीरा राधव, जनता गराज र जय लव कुस’ ले सय करोड छापेको छ ।
त्यस्तै, प्रभासको ‘बाहुबली सिरिज र ‘साहो’ गरी तीन फिल्म सय करोड क्लबमा छन् । साउथ स्टार राम चरणको भने अहिलेसम्म २ फिल्मले मात्र सय करोड कमाई गरेको छ । उनका ‘रंगास्थलम र मगधीरा’ सय करोड कमाएका फिल्म हुन् । अभिनेता यशको ‘केजिएफ’ पहिलो सय करोड कमाउने फिल्म हो भने विजय देवरकोन्डाको ‘गीता गोविन्दम’ ले पनि सय करोड छापेको थियो ।

