Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अस्तित्वको लडाईं’ मा सुनिल, प्रशान्त र सम्पदा

फिल्मीखबर, काठमाडौं, 2021/09/10
 
गत हप्ता काठमाडौं जिल्ला प्रशासनले सशर्तसहित सिनेमा हल खोल्न र छायांकनका लागि अनुमति दिएसँगै फिल्मकर्मी तात्न थालेका छन् । तत्काल नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु तयार नभए पनि छायांकनमा निस्कने फिल्मको संख्या दिन-प्रतिदिन बढिरहेको छ । अहिले आधा दर्जन फिल्म छायांकनमा छन् । जसले गर्दा फिल्म क्षेत्रमा एकप्रकारको चहलपहल सुरु भएको छ । 
 
यसबीच, बिहीवार फिल्म ‘अस्तित्वको लडाईं’ को शुभ साइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङमा एक भव्य समारोहका बीच फिल्मको मुहूर्त भएको हो । गोविन्द गौतमले फिल्मको निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनले नै लेखेका हुन् । चेपाङ्ग समुदायको कथामा बन्न लागेको फिल्मको तिहारपछि छायांकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए ।
 
 
चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्ने फिल्मको निर्मातामा सरीता ढुंगाना छिन् । प्रशान्त तामाङ, सुनील थापा र सम्पदा बानियाँको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारहरु छनोटको क्रममा छन् । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्मको एसोसियट निर्देशकमा राम शरण कोइराला छन् । फिल्ममा समावेश हुने गीतको पनि छनोट कार्य भइरहेको काफ्लेको भनाई छ ।
Most Visited News (monthly)