Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बागमती’ निर्माताले छोराहरुलाई हिरो बनाउने

फिल्मीखबर, काठमाडौं, 2021/09/05
 
नेपाली फिल्ममा कलाकारसँगै निर्माता तथा निर्देशकका सन्तानको प्रवेश बढ्दो छ । तर, सफलता नगन्यले मात्र हासिल गरेका छन् । प्रायः संघर्ष गर्दा गर्दै थाकेका छन् । परिवारको मद्दतले फिल्ममा प्रवेश गर्न सहज भए पनि यो क्षेत्रमा टिकिरहन आफूमा क्षमता हुनैपर्छ । परिवारको आँडमा यो क्षेत्रमा आफूलाई स्थापित गर्न खोज्नु भनेको अहिलेको समयमा ‘दिउसै सपना देख्नु’ जस्तो हो । 
 
फिल्मकर्मीहरुले आफ्नो सन्तानलाई नायक वा नायिका बनाउने ट्रेन्ड चलिरहेको समयमा ‘बागमती र एउटा यस्तो प्रेम कहानी’ फिल्मका निर्माताद्वय दिनेश दर्शनधारी र यसोधा राइले पनि आफ्ना छोराहरुलाई हिरो बनाउने तयारी थालेका छन् । उनीहरुका छोरा देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले होम प्रोडक्सनको नयाँ फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।
 
निर्माता दर्शनधारीले भने, ‘आफ्नो छोरा भनेर जबरजस्ती डेब्यू गराउन लागेका होइनौं । उनीहरुसँँग क्षमता छ भने डेब्यू गराउन समस्या होइन । पहिलो पटक हामीले लञ्च गर्ने हो, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने उनीहरुको हातमा छ । हामीले उनीहरुका लागि बाटो खोलिदिन मात्र लागेका हौं ।’ देल्बिस र राजको डेब्यू फिल्मको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनले बताए ।
 
यी दुई फिल्मभन्दा अगाडि म्यूजिक भिडियोमा देखिने तयारीमा छन् । दशैंमा उनीहरु अभिनीत पहिलो म्यूजिक भिडियो रिलिज हुने ट्रि इन्टरटेन्मेन्टले जानकारी दिएको छ । फिल्मको छायांकन भने तिहारपछि सुरु हुने निर्माता दर्शनधारीले बताए । अहिले देल्बिस र राजले नृत्य र अभिनयको तालिम लिइरहेका छन् । कला क्षेत्रमा जोडी नै बनाएर अगाडि बढ्ने उनीहरुको योजना छ ।
Most Visited News (monthly)