Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओटीटीमा सिद्धार्थको जबरजस्त डेब्यू, ‘शेरशाह’ को चार रेकर्ड

एजेन्सी, मुम्बई, 2021/09/04
 
फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा डेब्यू गरेका सिद्धार्थ मल्होत्रा लामो समयदेखि सफल फिल्मको पखाईमा थिए । लिड हिरोको रुपमा अभिनय गरेका उनका पछिल्ला कुनै फिल्म सफल छैनन् । जसले गर्दा उनलाई मिडियाले ‘फ्लप हिरो’ भन्न थालेको थियो । तर, कोरोनाको समयमा उनको किस्मत चम्किएको छ । उनी अभिनीत फिल्म ‘शेरशाह’ ले ओटीटीमा इतिहास रचेको छ ।
 
विष्णुवर्धनद्वारा निर्देशित यस फिल्ममा कियारा आडवाणी पनि मुख्य भूमिका छिन् । पाकिस्तानसँँगको करगिल युद्धमा क्याप्टेन विक्रम बत्राको पराक्रमलाई फिल्मलाई देखाइएको छ । भारतको स्वतन्त्रता दिवसमा अमेजन प्राइम भिडियोमा रिलिज भएको यो फिल्म अहिलेसम्म पनि दर्शकको पहिलो रोजाइ बनेको छ । जसका कारण फिल्मले रिलिजको २ हप्तामै ४ रेकर्ड बनाएको छ । 
 
‘शेरशाह’ अमेजनमा सबैभन्दा बढी हेरिने फिल्म बनेको छ । अहिलेसम्म अमेजनमा रिलिज भएको कुनै बलिउड फिल्मलाई यति राम्रो ‘भ्यूअरसिप’ मिलेको थिएन । यो फिल्मले रेटिङमा पनि रेकर्ड बनाएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाका कारण फिल्मलाई आइएमडिबीमा ८.५ रेटिङ मिलेको छ । जुन रेटिङ बलिउडका ठूला स्टारका फिल्मले समेत पाएका छैनन् ।
 
ओटीटीमा शहरी क्षेत्रका दर्शकले मात्र फिल्म हेर्ने गरेको बताइन्छ । तर, ‘शेरशाह’ ले त्यो सोचलाई बदलेको छ । अमेजनमार्फत यो फिल्मलाई ४१ सयभन्दा बढी शहर र गाउँमा हेरिएको छ । त्यस्तै, फिल्मलाई भारतसँगै विदेशमा समेत उतिक्कै रुचाइएको छ । अमेजन प्राइम भिडियोका अनुसार, फिल्मलाई अहिलेसम्म २ सय १० भन्दा बढी देशमा हेरिएको छ । यो आफैंमा ठूलो रेकर्ड हो ।
Most Visited News (monthly)