Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डाँडाको बरपीपल’ मा भुवन केसीको यस्तो गेटअप

फिल्मीखबर, काठमाण्डौ, 2021/09/04
आउँदो दशैंमा सिनेमा हलमा प्रदर्शनको लक्ष्यसहित दुई सातादेखि चित्लाङमा शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को छायांकन भइरहेको छ । ‘स्टारकास्ट’ का कारण निर्माण अगावैदेखि चर्चामा रहेको यो फिल्ममा छायांकन सुरु हुनुभन्दा केही दिनअघि अभिनेता भुवन केसीको प्रवेश भएको थियो । अहिले उनी पनि आफ्नो भागको छायांकनका लागि चित्लाङमा छन् ।
 
 
अहिलेसम्म निर्माण टिमले फिल्ममा भुवन केसीको भूमिकाबारे केही बताएको छैन । तर, उनको गेटअप र लुक्स भने सार्वजनिक गरिएको छ । तस्बिर हेर्दा फिल्ममा उनी आर्थिक रुपमा सम्पन्न र गाउँको मान्यगन्य व्यक्तिको भूमिका रहेको अनुमान गर्न सकिन्छ । गालामा हल्का कालो दाह्री, आँखामा कालै चस्मा र सेतो रंगको सेरवानी पहिरनमा उनी निकै फरक र स्टाइलिस देखिएका छन् ।
 
यो फिल्ममा भुवनसँगै शिव श्रेष्ठको पनि मुख्य भूमिका छ । उनीहरुले करीब १६ वर्षपछि एकसाथ काम गरेका हुन् । २००५ मा आएको फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि दुई सुपरस्टार एकसाथ देखिन लागेका पनि ‘डाँडाको बरपीपल’ दर्शकमाझ प्रतिक्षीत बनेको छ । उनीहरु पनि वर्षौंपछि एकअर्कासँग काम गर्न पाउँदा खुसी देखिएका छन् ।
 
 
फिल्ममा शिव र भुवनसँगै गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको पनि अभिनय छ । बुढासुब्बा ओर्जिनलका सञ्चालक नवराज गिरीको लगानी रहेको फिल्मलाई सुशान्त प्रजापतिले खिचिरहेका छन् ।
Most Visited News (monthly)