(1).jpg)
बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुको बैठकले चार महिनादेखि बन्द रहेका सिनेमा हलहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्न दिने निर्णय गरेको थियो । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिल्म छायांकन पनि खुल्ला गर्ने निर्णय गरेको छ । तर, २५ जनासम्मको समुहको उपस्थितिमा मात्र छायांकन गर्न प्रशासनले अनुमति दिएको छ ।
शुक्रवार काठमाडौंका सिडिओे कालिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘सिनेमा हल सञ्चालन तथा छायांकनमा सरकारले तोकेको मापदण्ड पूर्ण पालन गर्ने । हलहरुमा कूूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी दर्शकहरुको उपस्थितिको व्यवस्थापन गर्ने । चलचित्र तथा श्रव्यदृश्य छायांकनका लागि २५ जनासम्मको समुह परिचालन गर्ने ।’

बुधवार काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखहरुको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हललाई सञ्चालनको अनुमति दिने निर्णय गरे पनि कति अकुपेन्सीमा खुलाउने भन्नेबारे केही बताएको थिएन । काठमाडौं जिल्ला प्रशासनले सिनेमा हल र फिल्म छायांकनको अनुगमन गर्ने जिम्मेवारी प्रहरीसँगै चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघलाई दिएको छ ।

