Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

राजेश हमालको ‘सत्यम्’ भव्य सेटमा खिचिने

फिल्मीखबर, काठमाडौं, 2021/09/03
अभिनेता राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘सत्यम्’ भव्य सेटमा खिचिने भएको छ । आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको यतिबेला पोखरामा सेट निर्माणको काम भइरहेको छ । इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन गर्ने गरी ठूलो क्षेत्रफलमा निर्माण टिमले महंगो खर्चमा भव्य सेट निर्माण गर्न लागेको हो । 
 
फिल्मका निर्देशक शंकर कार्कीका अनुसार, यो सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु खिचिनेछ । उनले भने, ‘मनाङ, मुस्ताङ, पोखराको आउटडोर दृश्यहरु तथा काठमाडौंका केही दृश्यहरु बाहेक सबै सेटमा खिच्दैछौं । हाम्रो लामो समयदेखिको तयारी यसकारण पनि चलिरहेको छ ।’ शुक्रवार निर्माण टिमले सेटका दुई तस्विरहरु सार्वजनिक गरेको छ ।
 
 
फिल्मका निर्माता रेशम सापकोटाले यो सेट हालसम्मकै ठूलो हुनसक्ने बताए । उनले भने, ‘हामीले छायांकन गर्ने सेट सम्भवतः नेपाली फिल्म इतिहासकै ठूलो सेट हुनसक्छ । आजसम्म यति ठूलो सेटमा छायांकन भएको जानकारीमा छैन । हामीले फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’ उनका अनुसार, यो सेट झण्डै एक सय मिटर लम्बाई र पचास मिटर चौडाईको छ ।
 
अभिनेता हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशपमा जाने तयारीसहित काम भइरहेको निर्देशक कार्कीले बताए । फिल्ममा अभिनेता द्वय अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै, फिल्मको महत्वपूर्ण भूमिकाको लागि अभिनेता अभय बराल पनि अनुबन्धित भएका छन् । फिल्मका लागि नायिका भने फाइनल भइसकेका छैनन् ।
 
‘सत्यम्’ मा अडिसनबाट पनि केही कलाकार छानिएका छन् । गत वर्ष काठमाडौं र पोखरामा फिजिकल र भर्चुअलबाट भएको अडिसनमा काठमाडौंबाट बाल कलाकारहरु प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित र सूजन परियार छानिएका छन् भने महिला कलाकाहरुमा अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् ।
 
फिल्मका लागि पुरुष कलाकारहरुमा प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् । पोखरा अडिसनबाट पनि निर्माण टिमले उल्लेख संख्यामा कलाकारहरु छनौट गरेको छ ।
 
अर्जुन सिंह बोहरा, निश्चल बिक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी. वरदान लोहनी, रिजेश थापा पोखरा अडिसनबाट छानिएका हुन् । यसबाहेक अन्य १५ जना कलाकारलाई पनि मध्यम भूमिकाको लागि छनौट गरिएको निर्माण पक्षले जनाएको छ ।
 
 
फिल्ममा हमालले मुख्य पात्र (सत्यम) को भूमिका निर्वाह गर्नेछन् भने अनुप विक्रम शाही भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । यसअघि उनीहरुले फिल्म ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ भने अभिनेता अनुप विक्रम शाही र पल शाहले अलग लुक्समा अभिनय गर्ने जानकारी प्राप्त छ । ‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् । 
 
गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह-निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ ।
 
त्यस्तै, फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह-निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् । 
Most Visited News (monthly)