Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट फिल्मको पखाईमा आशिरमान

फिल्मीखबर, काठमाण्डौ, 2020/11/12
 
नेपाली फिल्ममा केही वर्षयता चकलेटी हिरोहरुको हालीमुहाली छ । आर्यन सिग्देल, जीवन लुईंटेल जस्ता अभिनेताको दबदबा तोड्दै नेपाली फिल्ममा आएका अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अहिले आफ्नो वर्चश्व कायम गरेका छन् । तर, चकलेटी अभिनेता सबैको करिअर सुखद भने छैन । कति अझै आफूलाई दर्शकमाझ चिनाउन संघर्ष गरिरहेका छन् । 
 
आकर्षक लुक्स हुँदैमा नेपाली फिल्ममा सफलता हासिल गर्न सकिन्न भन्ने एक उदाहरणका पात्र हुन्, आशिरमान देशराज जोशी (श्रेष्ठ) । ‘होस्टेल’ बाट अनमोल केसीलाई स्टार बनाएका हेमराज विसीले फिल्म ‘ग्याङस्टार ब्लूज’ बाट आशिरमानलाई अभिनेताको रुपमा डेब्यू गराएका थिए । फिल्म रिलिज अगाडि उनको राम्रै चर्चा थियो । कतिपयले भविष्यको स्टारको रुपमा हेरेका थिए ।
 
तर, ‘ग्याङस्टार ब्लूज’ ले उनको करिअरलाई उकास्न सकेन । फिल्म असफल मात्र भएन, उनको अभिनय पनि रुचाइएन । पहिलो गाँसमै ढुंगा लाग्दा उनलाई ठूला ब्यानरले फिल्ममा लिने जोखिम उठाउन चाहेनन् । पहिलो फिल्म नै अन्तिम हुने चर्चा चल्न थालेपछि हेमराजले फिल्म ‘द ब्रेकअप’ मा उनलाई दोहोर्‍याए । तर, दुर्भाग्य ! आशिरमानलाई यो फिल्मले पनि राहत दिएन । 
 
‘द ब्रेकअप’ पछि उनको नेपाली फिल्मसँग ब्रेकअप नै भएको छ । विगत डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितेको छ । हातमा एउटा पनि फिल्म छैन । उनलाई कुनै मेकरले फिल्म अफर गरेको खबर समेत बाहिरिएको छैन । अहिले उनलाई डुब्न लागेको करिअर बचाउन एउटा हिट फिल्मको आवश्यकता छ । हिटको ग्यारेन्टी दिने फिल्म पो आशिरमानले कहिले पाउने हुन् कुन्नी ?
Most Visited News (monthly)