Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘लक्ष्मी’ ले गर्‍यो ओटीटीमा सबैभन्दा ठूलो ओपनिङ

एजेन्सी, मुम्बई, 2020/11/11
 
अक्षय कुमार र कियारा आडवाणी अभिनीत फिल्म ‘लक्ष्मी’ यही ९ नोभेम्बरबाट ओटीटी प्लेटफर्म डिज्नीं हटस्टारमा रिलिज भएको छ । रिलिजको केही घन्टामा नै फिल्मले भ्यूअरसिपको रेकर्ड बनाएको छ । डिज्नीं हटस्टारले यो कुराको जानकारी दिँदै इन्स्टाग्राममा लेखेको छ, ‘केही घन्टामा नै फिल्मले कुनै बलिउड फिल्मले ओटीटी प्लेटफर्ममा बनाएको सारा रेकर्ड तोडेको छ ।’ 
 
‘लक्ष्मी’ लाई ओटीटीमा अहिलेसम्मकै ठूलो ओपनिङ मिलेको डिज्नीं हटस्टारले दाबी गरेको छ । यसअघि यो रेकर्ड ‘दिल बेचरा’ को नाममा थियो । फिल्मले ओटीटीमा पाएको सफलताप्रति खुसी व्यक्त गर्दै अक्षयले भनेका छन्, ‘लक्ष्मी’ लाई मिलेको प्रतिक्रियाले एकदमै खुसी छु । रेकर्ड तोड्न कसलाई राम्रो लाग्दैन, चाहे बक्सअफिस हो वा स्ट्रीमिङ प्लेटफर्मको ओपनिङ नाइट ।’ 
 
‘लक्ष्मी’ राघव लारेन्सको निर्देशनमा बनेको तमिल फिल्म ‘कञ्चना’ को हिन्दी रिमेक हो । ओटीटीमा ठूलो ओपनिङ मिले पनि फिल्मलाई दर्शक तथा समीक्षकले खासै रुचाएका छैनन् । यद्यपि, अक्षय कुमारको अभिनयको भने प्रशंसा भएको छ । फिल्ममा उनी किन्नरको भूमिकामा छन् । तुषार कपूर, शरद केलकर, अश्विनी कल्सेकर जस्ता कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
Most Visited News (monthly)