मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भो पार्सल

फिल्मीखबर, काठमाडौं, 2015/02/14

फिल्म पार्सले बन्ने भएको छ । लाहुरेले आफ्नी मायालुलाई विदेशबाट पठाएको पार्सल विच बाटोमा नै साटिदा हुने उतारचढावलाई यो फिल्मले उतार्नेछ । काठमाण्डौको बागबजारस्थित सिटी म्याक्स हलमा आयोजना गरिएको कार्यक्रममा यो फिल्मको शुभसाइत गरिएको छ ।

 

 

निर्माता संघका अध्यक्ष राजकुमार राइले नरिबल फोडेको कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्काले एक्सन र कट भनेका थिए । मुहुर्त सट कलाकार प्रभु श्रेष्ठ र श्रृजना लिम्बुले दिएका थिए । यो फिल्मलाई रविन श्रेष्ठले निर्देशन गर्न लागेको हुन् । किशोर सम्बाहाम्फेको प्रस्तुती र दक्षकुमार राइको निर्माण रहने यो फिल्ममा आयुष रिजाल, निता ढुंगाना, विक्रम सिंह, प्रेम सुब्बा, मनोज शाक्य, हेम राइ लगायतका कलाकारको अभिनय रहनेछ ।

 

 

यो फिल्मको छायांकन काठमाण्डौ, इलाम, ताप्लेजुङमा हुनेछ । फिल्ममा विकास चौधरीको संगीत, दयाराम पाण्डेको गीत समावेश छ । रोशनी फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कथा, पटकथा तथा संवाद कलाकार प्रभु श्रेष्ठले नै लेखेका हुन् । करिब ३५ दिन लगाएर फिल्मको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।