मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एनएफडीसी अवार्डमा `झोला` उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2014/09/06
एनएफडीसीले आयोजना गरेको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा 'झोला' फिल्म उत्कृष्ट भएको छ । फिल्म सहित झोलाले निर्देशक (यादव भट्टराई), अभिनेत्री (गरिमा पन्त) र सह-अभिनेत्री (लक्ष्मी गिरी) को पुरस्कार हात पर्‍यो । 
 
 
 
यता आर्यन सिग्देलले फिल्म ‘महशुश’बाट अभिनेता तर्फको अवार्ड जिते । शिव सर्वोत्कृष्ट अभिनेताबाट अवार्ड जितेका आर्यन खुट्टामा गम्भिर चोट लागेपनि कार्यक्रममा सहभागी भएका थिए । उनले एउटा कलाकारले आफूलाई श्रीकृष्ण श्रेष्ठ जस्तो बन्छु भनेर फिल्म क्षेत्रमा आउनुपर्ने बताए । 
 
श्रीलंकाका मन्त्री गोविन्दा नायके र नेपाल सरकारका वाणिज्य तथा आपूर्तीमन्त्री सुनिल थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । समारोहमा स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै कलाकारले आकर्षक नृत्य गरेका थिए । अभिनेता दीलिप रायमाझीले अभिनेत्रीहरू केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनि कुँवर, निता पोख्रेलको साथमा श्रीकृष्णका चर्चित गीतहरुमा नृत्य गरे । 
 
 
 
अभिनेता यशरजाले दुई अभिनेत्रीहरू नम्रता सापकोटा र पवित्रा आचार्यको जोडी बाँधेर नृत्य गरेका थिए । कलाकार रोहित रुम्बा, अभिनेत्री अनु शाह र अशिष्मा नकर्मीसँग देखिए भने करिश्मा मानन्धरसँग नायक रमेश उप्रेतीले ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गरेका थिए ।
 
 
 
कार्यक्रम संचालनको रुपमा रहेका विल्सन विक्रम राईको प्रस्तुतीले हल केही समय हाँसोमा गुञ्जयमान भयो । विभिन्न २० विधामा अवार्ड पाउने कलाकार र फिल्मको नाम यस्तो छ । 
 
 
१.प्रदिप सर्वोत्कृष्ट ध्वनी पूनः मुद्रण  : अमित श्रेष्ठ (मञ्जरी)
 
२.भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी (नोथिङ इम्पोसिबल)
 
३.मञ्जु सर्वोत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (नाई नभन्नु ल २)
 
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने (महशुश)
 
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
 
६.बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशन : कविराज गहतराज (स्लोली स्लोली, काली)
 
७.उदित सर्वोत्कृष्ट पाश्र्व गायन : प्रेम परियार (यी आँखामा, नाई नभन्नु ल २)
 
८.शम्भुजित सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा(यी आँखामा, नाई नभन्नु ल २)
 
९.चैत्य नव नायिका : सुजाता कोइराला (मञ्जरी)
 
१०.विश्व सर्वोत्कृष्ट नव नायक : गौरब पहारी (मञ्जरी)
 
११.बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : लक्ष्मी गिरी (झोला)
 
१२. निर सर्वोत्कृष्ट सह अभिनेता : रमेश वुढाथोकी (राजनीति)
 
१३.पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार : शान्तीप्रिय
 
१४.कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायीक चलचित्र : नाई नभन्नु ल २
 
१५.मह जुरी सर्वोत्कृष्ट चलचित्र : प्रविण श्रेष्ठ र सुनिल मानन्धर (मोक्ष)
 
१६.चेतन सर्वोत्कृष्ट लेखन : अर्पण थापा (मौन)
 
१७. भूवन सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला)
 
१८.शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
 
१९.हिरा सर्वोत्कृष्ट चलचित्र : झोला (मिडिया फर कल्चर प्राली र झोला इन्टरनेशनल)
 
२०.प्रकाश सर्वोत्कृष्ट निर्देशक : यादव भट्टराई (झोला)