मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 3.12/5.00)
Text size:-
+
-

सफलताकासाथ दोस्रो सातामा `नाईं नभन्नु ल २`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/17

पहिलो साता उत्साहजनक व्यापार गरेका कारण फिल्म 'नाईं नभन्नु ल २'ले सफलताकासाथ दोस्रो साताको यात्रा तय गरेको छ । गत शुक्रबारबाट जति हलमा प्रदर्शन भएका थिए त्यति नै हलमा यो फिल्मले निरन्तरता पाएको छ । बालप्रेमको ‘नाईं नभन्नु ल २’ ले काठमाण्डौमा १९ र मोफसलमा ६० वटा हल पाएको थियो ।

 

दोश्रो सातामा पनि पहिलो साताकै हल संख्यामा फिल्म प्रदर्शन हुने वितरक नरेन्द्र महर्जनले बताए । पहिलो सातामै ‘नाईं नभन्नु ल २’ले दुई करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ । वितरकका अनुसार काठमाण्डौबाट ७ दिनमा ‘नाईं नभन्नु ल २’ ले १९ वटा हलबाट लगभग एक करोड १४ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । मोफसलबाट यो फिल्मले एक करोड रुपैयाँको कलेक्सन गर्न सफल भएको छ ।

 

वर्ष सत्तरी सालमा ब्ल्कबस्टर भएका फिल्म मध्ये ‘नाईं नभन्नु ल २’ को साप्ताहिक कलेक्सन सर्वाधिक उच्च हो । ‘नाईं नभन्नु ल २’ ब्ल्कबस्टर हुनुमा प्रेम परियारद्धारा स्वरवद्ध गीत मुख्य कारण बने भने अनुभव रेग्मी र सुज्ञानी भट्टराईको बालप्रेम पनि दर्शकलाई हलसम्म तान्ने अर्को कारण बन्यो । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् ।