मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(56 votes, avg 3.98/5.00)
Text size:-
+
-

ओफा पपुलर : जीवन, रेखा, सुरज एण्ड रिदम

फिल्मीखबर, काठमाण्डौ, 2013/06/09

प्रथम संस्करण 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड'मा रिदमले वेस्ट पपुलर फिल्म अवार्ड हात पारेको छ । विकास आचार्य निर्देशित रिदम अन्य दुई फिल्म सायद र मालतीको भट्टी पनि नोमिनेशनमा परेका थिए ।

 

पपुलर निर्देशकको अवार्ड भने वर्ष ०६९मा सायद र फेसबुकलाई निर्देशन गरेका सुरज सुब्बाको पोल्टामा पर्यो । वेस्ट पपुलर एक्टरमा जीवन लुइँटेलले आर्यन सिग्देल र सौगात मल्ललाई पछाडी परे । जीवनलाई मालतीको भट्टी, रिदम र नोटवुकले वेस्ट पपुलर अवार्ड दिलाए । अभिनेत्री तर्फ भने अन्य अवार्ड जस्तै ओफामा पनि रेखा थापाको नै वर्चस्व रह्यो । वर्ष ०६९ का मालतीको भट्टी, लंका, हमेशा जस्ता फिल्मले रेखालाई वेस्ट पपुलर अवार्डको हकदार बनायो ।

 

 

त्यस्तै डेव्यु कलाकारको अवार्ड संयम पुरीले सायद र प्रियंका कार्कीले थ्री लभर्सबाट उचाले । पपुलर डेव्यु डिरेक्टरको अवार्ड भने अध्यायबाट प्रविण स्याङवोले पाए । मिनस्क अनलाईन फिल्मीखबरमा समावेश अवार्ड ग्रहण गर्न सफल अन्य विधा -

पपुलर नृत्य निर्देशक : कविराज गहतराज
पपुलर द्धन्द्ध निर्देशक : योगेन्द्र श्रेष्ठ
पपुलर छायाँकार : सञ्जय लामा
पपुलर संगीतकार : बसन्त सापकोटा
पपुलर कथा लेखन : विकास आचार्य

पपुलर सम्पादक : बिपिन मल्ल

 


महलाई लाइफ टाइम अचिभ्मेन्ट


पहिलो संस्करणको ओफाले मह जोडीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड अवार्डबाट सम्मान गरेको छ । फिल्म, टेलिफिल्म, हाँस्य बिधा तथा विभिन्न समाजिक सेवामा अतुलनिय योगदान पुर्याए वापत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई उक्त सम्मान गरिएको हो । राष्ट्रिय नाचघरको अवार्ड समारोहमा वरिष्ठ लेखक तथा निर्देशक यादव खरेल, कलाकार निर शाह तथा मिन्स्कका मार्केटिङ हेट सन्तोषराक केसीले सम्मान पत्र तथा ट्रफी वितरण गरे ।

 

 

त्यस्तै थ्रिडी फिल्म भिजिलान्तेका निर्देशक दिपेन्द्र के. खनाललाई प्रोत्साहन सम्मान गरियो । साथमा थ्रि लर्भस डेव्यु एक्टर देवु श्रेष्ठलाई जुरी अवार्डबाट सम्मान गरियो । श्रेष्ठ. लामो समयदेखि वेल्जियममा रहेर नेपाली फिल्मको प्रदर्शन तथा बजार विस्तारमा सक्रिया छन् ।

    

दिपा र दिपकको झटारोमा धर्मेन्द्र
धरान महोत्सब अन्र्तवार्ता नाम दिइएको दिपाश्री निर्रौला र दिपक राज गिरीको प्रहसनमा विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मर्वैता केन्द्रविन्दुमा रहे । अध्यक्ष मर्वैताको उपनाम रहेको हिन्दी गीत पप्पु कान्ट डान्स सालाबाट सुरु भएको करिब आधा घन्टाको प्रहसन हिरोइनहरुलाई आइ लभ फ्लाइङ किस सहितको आइ लभ युमा आएर टुङ्गीएको थियो । कार्यक्रममा हिसिला र बाबुरामको क्यारिकेचर गर्ने ज्योती काफ्ले र बिपना थापाले पनि प्रहसन दिएका थिए ।

 




साढे २ देखी करिब साढे पाँच बजेसम्म सञ्चालन भएको अवार्ड कार्यक्रममा प्रियंका कार्की, गजित विष्ट, अशिष्मा नकर्मी, सुरवी जैन विष्ट, यसराज गरच, वेनिशा हमाल, नम्रता सापकोटा, बाबू बोगटी लगायतले बिभिन्न गीतमा नृत्य पस्केका थिए । जेठ २५ गते जन्मदिन भएका महानायक राजेश हमालको लाइभ वर्थ डे सेलिव्रेसन गर्ने योजना भने सफल हुन सकेन । कार्यक्रमको मध्य भागमा उपस्थित भएका हमाल केक काट्ने समयमा भने हल बाहिर निस्केका थिए । जेठ २५ मै जन्मदिन परेका फिल्मीखबरका सम्पादक सुमन गैरेले  केक काटेर उपस्थितलाई खुवाएका थिए ।  

 

 

 

 

 

 

 

 

 


 

Most Visited News (monthly)