मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सिकेर आउनु पर्ने रहेछ`- सुरभी (नवनायिका)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/03

गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'समय' डेब्यू नायिका सुरभी बिष्ट जैनले आफ्नो अभिनयमा आफू नै सन्तुष्ट नरहेको प्रतिक्रिया दिएकी छिन् । आईतवार राजधानीको जमल स्थित विश्वज्योती हलमा फिल्मीखबरसँगको कुराकानीमा सुरभीले अभिनय र फिल्मलाई राम्रोसँग बुझेर आएको भए अहिलेको भन्दा राम्रो प्रतिक्रिया पाउने बताईन् ।

 

 

सुरभीले फिल्मसँगै आफूलाई मन पराएको प्रतिक्रिया दिएको बताए पनि आफू भने सन्तुष्ट हुन नसकेको बताएकी हुन् । उनी भन्छिन्- 'अब अभिनय सिकेर मात्र फिल्ममा आउँछु । किनकी मैले आफ्ना कमजोरीहरू देखेकी छु ।' सुरभी र विक्कीले गोबिन्द राईले निर्देशन गरेको फिल्म नागबेलीमा पनि काम गरेका छन् । यता सुरभीसँगै डेब्यू गरेका अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले पनि फिल्ममा आफ्ना केहि कमजोरीहरू देखेको भन्दै आगामी फिल्ममा सुधार्ने बताए । उनले भने, 'फिल्ममा काम गर्दासम्म राम्रै गरेको जस्तो लागेको थियो तर हलमा हेर्दा केहि कमजोरी देखें ।' उनले दर्शक तथा फिल्मकर्मीले भने आफ्नो प्रशंशा गरेको बताए ।

 

 

यता फिल्मकी निर्माता समेत रहेकी अभिनेत्री मल्लले छोरा र सुरभीको कामबाट आफू भने सन्तुष्ट रहेको बताईन् । उनले भनिन्- 'कमिकमजोरी त सबैका हुन्छन् तर उनीहरूले फिल्ममा जे काम गरेका छन् त्यसमा म सन्तुष्ट छु ।' सन्तोषजनक व्यापार गरिरहेको यो फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । फिल्ममा राजेश हमाल र शुशिल क्षेत्री पनि मुख्य भुमिकामा छन् । फिल्मका कार्यकारी निर्माता सन्देशमान श्रेष्ठ हुन् ।