मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको नजरमा भ्यालेन्टाईन्स डे

श्यामसुन्दर गिरी, चितवन, 2013/02/13

प्रणय दिबस वा प्रेम दिबस अर्थात भ्यालेन्टाईन्स डे को शुरुबात तेस्रो शताब्दिको अन्त्यतिर इस्वी सम्बत २६९मा (कतै २७० पाइन्छ) दुखान्त कथा बोकेर रोमनबाट शुरु भएको थियो । तत्कालिन समयमा सम्राट क्लोडियस द्वितियले आफ्ना सैनीकहरुलाई प्रेम गर्न र विवाह गर्न रोक लगाएका थिए । उनको बिचारमा नारीसँगको सम्बन्धले सैनीक कमजोर हुने, आत्मबल घट्ने र गोप्य सुचनाहरु बाहिर जान्छ भन्ने थियो । यस्तो प्रकृतिको नियम बिपरीतको रोकमा चित्त नबुझेका धेरै मानिसहरु मध्ये रोमनका पादरी भ्यालेन्टाइनले सम्राटको रोकको बिरुद्ध प्रेमको पक्षमा वकालत गर्दे यो प्रतिबन्धलाई उलंघन गर्ने घोषणा गरे र धेरै सैनीकहरुलाई सार्बजनिक रुपमा बिबाह बन्धनमा बाधिदिए । आफ्नो प्रतिबन्ध बिरुद्धको अभियान सम्राटलाई असह्य भएको कारण भ्यालेन्टाइन पादरीलाई प्रक्राउ गरी मृत्युदण्डको सजाय सुनाई जेलमा हालीएको थियो यसरी शुरु भएको भ्यालेन्टाईन्स डे पछिल्लो समयमा प्रेम जोडीबिच निकै लोकप्रिय बनेको छ ।

 

पहिला नेपालमा प्रेम दिवसको प्रभाब खासै नभए पनि पछिल्लो समयमा करीब वेस्टर्न कन्ट्री बराबरमा प्रेम दिवस मनाउन थालिएको छ । बिशेस गरी प्रेम जोडी, दाम्पत्य जिबन ब्यतित गरिरहेका युवायुबती र प्रेम सम्बन्धमा आउने प्रेमी प्रेमिकाको लागि यो दिवसको आफ्नै महत्व छ भने गत बर्ष नेपालमा प्रेम दिवसको समयमा प्रोपोज डे , प्रोमिस डे र चक्लेट डे खासै मनाइएको थिएन तर यसपाली यि तीन दिनलाई पनि युवाहरुले शुभकामना आदान प्रदान गरी मनाए । यसरी वेस्टर्न कल्चर लोकप्रिय हुनुमा सामाजिक सन्जालहरुको पनि सहयोग रहेको छ । प्रेम दिबसले कतिपय प्रेमी जोडीको प्रेम सम्बन्ध बलियो बनाए पनि कतिपयको सम्बन्धमा तगारो पनि बन्ला तर समग्रमा भन्नु पर्दा प्रेममय बन्नेछ प्रेम दिवस यसै क्रममा कलाकारहरुले प्रेम दिवसलाई कसरी हेरेका छन् त ?

 

राजेश हमाल (नायक)


दुई तीन बर्ष देखि भ्यालेन्टाईन्स मनाउन पाएको छैन र यो बर्ष पनि प्रेमिकासँग मनाउन नपाउने भएको छु । तर उनलाई विस भने गर्छु । भनिन्छ प्रेम गर्नका लागि भ्यालेन्टाईन्स डे नै पर्खनु पर्दैन । त्यसैले उनीसँग भ्यालेन्टाईन्स डे मनाउन नपाउँदा दु:खी छैन । अरू बेला नै हाम्रो भ्यालेन्टाईन्स सेलिब्रेसन हुन्छ ।

 


केकी अधिकारी (नायिका)


पहिलो कुरा त म भ्यालेन्टाईन्स डे को दिनमा मेरो नयाँ म्युजिक भिडियोको सुटिङमा व्यस्त रहन्छु । दोस्रो कुरा आफूले माया गर्ने मान्छेलाई त्यही दिन भेट्नुपर्छ, प्रपोज गर्नुपर्छ र भ्यालेन्टाईन्स डे मनाउनु पर्छ भन्ने मलाई त्यस्तो लाग्दैन । तर, भ्यालेन्टाईन्स डे कै दिनमा भेटघाट, प्रपोज हुन सकेको खण्डमा सुनमा सुगन्ध चाहीं हुन्छ भने अर्कोतिर भ्यालेन्टाईन्स डे को दिनमा व्यस्त भइयो भने अर्को दिनमा पनि मनाउन सकिन्छ ।


सबिन श्रेष्ठ (नायक)


हा..हा...हा...भ्यालेन्टाईन्स डे त यसपाली एकदमै झकास तरिकाले मनाउने विचार थियो तर हि.हि.हि...सुटिङ पर्छ की ? यदि सुटिङ परेन भने चाहीं खतरा हुन्छ, सुटिङ पर्‍यो भने सामान्य हुन्छ । काम पनि अलि छिट्टै सक्नुपरेको छ किनकि म फ्रेबुअरी लाष्टमा दुबई जादैछु १ महिनाको लागि । त्यसैले पनि भ्यालेन्टाईन्स डेलाई भन्दा सुटिङलाई बढी प्राथमिकता दिन्छु । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सुटिङ चल्छ, त्यसैले ठिक छ आफ्नै तरिकाले सम्झनै पर्ने मान्छेलाई सम्झनु पर्ला कि कसो ?


नीता ढुंगाना (नायिका)


मेरो नयाँ फिल्मको सुटिङ माघ २९ गतेदेखि फ्लोरमा छ । त्यसैले पनि काममा व्यस्त त हुनै पर्‍यो फेरी पनि खासै विशेष योजनाहरु पनि बनाएकी छैन तर, भ्यालेन्टाईन्स डे को दिनमा साथीभाईसँग गेट दुगेदर त हुन्छ नै । अब प्रेम दिवस मनाउने पनि आ–आफ्नै शैली होलान् मेरो त व्वाईफ्रेण्ड नभएको मान्छे । कुनै टेन्सन छैन पूरा विन्दास तरिकाले दबाबको सुटिङमा व्यस्त हुन्छ । नजिकका साथीहरुलाई रेड रोज दिन्छु ।


बिनिता बराल (नायिका)


यसपालीको भ्यालेन्टाईन्स डे सुपरहिट नै हुन्छ । फिल्म सुपरहिटको कामको व्यस्तता सँगै भ्यालेन्टाइन डे पनि सुपरहिट हुन्छ । अझ यथार्थमा भन्नुपर्दा भ्यालेन्टाईन्स डे सुपरहिट फिल्मका निर्देशकद्वय निरञ्जन पाण्डे र सौरभ ढकालसँग नै मनाउदै छु ।

 

प्रियंका कार्की (नायिका)


मेरो विचारमा भ्यालेन्टाईन्स डे कै दिन आफूलाई माया गर्ने मान्छेसँग भेटघाट गर्नुपर्छ, प्रपोज गर्नुपर्छ भन्ने छैन । कुनैपनि दिनमा, समयमा प्रपोज गर्न सकिन्छ । त्यसकारण माया गर्ने मनका लागि भ्यालेन्टाईन्स डे कै दिनलाई प्रतिक्षा गर्नुपर्छ भन्ने छैन । जहासम्म मेरो सवाल छ, आजसम्म मैले भ्यालेन्टाईन्स डे मनाएको छैन र मेरो लागि विशेष दिनमा पनि भ्यालेन्टाईन्स डे पर्दैन त्यसैले मेरो लागि एउटा सामान्य दिन हो ।

 

गजित बिष्ट (नायक)


मेरो सर्कलका साथीहरुबीच गेट टुगेदर गर्ने अनि कुनै पिसफुल ठाउमा गएर डान्स गर्दै धुम मच्चाउने, थोरै शब्दमा भनेको यसभित्र एक अर्कोलाई सरप्राइज दिने त छदैछ बाकी त्यही बेला के–के रमाइलो हुने हो त्यो चाहीं पछि भन्छु है त । हि.हि.हि...

 

अशिष्मा नकर्मी (नायिका)


अहिले सम्म त कुनै योजना बनाएकी छैन र बनाउने मुड पनि छैन । तीन बर्ष देखि भ्यालेन्टाईन्स डेसँग दुस्मनी हुँदै आएको छ । यदि कसैले प्रपोज गरिहाल्यो भने विचार गरेर केहि समय पछि एस वा नो भन्ने छु । तर सकेसम्म कसैले प्रपोज नगरेकै बेश किनकी म अहिले मायाप्रेम भन्दा पनि करियरको चिन्तामा छु ।

 

तस्विर : काठमाण्डौक्रेज डट कम