मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तराल : ६ पात्रको रंगीन जीवन

फिल्मीखबर, काठमाण्डौ, 2013/02/06

प्रदर्शनको तयारीमा रहेको फिल्म 'अन्तराल' ले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फस्टलुक अर्न्तगत पोस्टर र वेभसाईटको साथमा अडियो सिडी पनि सार्वजनिक गर्‍यो । फिल्मका कलाकार तथा प्राबिधिकले अडियो सार्वजनिक गरे भने फिल्मकर्मीद्धय नरेन्द्र महर्जन र राजेश गोगँजुले पोस्टर रिलिज गरे । यस्तै निर्देशक सागर पराजुलीले वेभसाईट (www.antaral.com) लञ्च गरे ।

 

सार्वजनिक गरिएको पोस्टरमा ६ वटा कलरको प्रयोग गरेको छ जसले फिल्म भित्रको कलरफूल लाईफस्टाईललाई संकेत गरेको निर्देशक दीपा बस्नेतले फिल्मीखबरको जिज्ञासामा बताईन् । 'फिल्मको शिर्षकमा ६ वटा रंगीन बेलुनलाई प्रयोग गरिएको छ जसले कथालाई प्रस्ट्याउँछ', पहिलो पटक निर्देशकको ट्याग भिरेकी दीपाले भनिन्- 'लाईफ स्मुथ छैन, लाईफमा थुप्रै अप्स एन्ड डाउन आउँछ र त्यो नै जीवनको कलर हो ।' सायद यहि भएर होला निर्माण युनिटले फिल्मको स्लोगन नै 'कलर अफ लाईफ' राखेको छ ।

 

 

जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कुरालाई प्रस्ट्याउँदै तयार पारिएको अन्तराल युवावर्ग लक्षित भएको बताउँदै निर्माता बि. बि. बस्नेतले भने- '६ जना पात्रहरूको जीवनशैलीलाई फिल्मले देखाउँछ ।' यस्तै उनले फिल्ममा सामावेश गरिएका ६ गीतले पनि हरेक वर्गमा मानिसको जीवन भोगाईलाई प्रतिनिधित्व गर्ने बताए ।

 

 

डा. लक्ष्मीकान्त पाण्डेको समेत निर्माण रहेको अन्तरालमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको अभिनय हेर्न सकिनेछ । शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ ।

 

जीवन कार्की, अशोक शिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई र अभिमन्यू निरवीको गीतमा मनिषा पोखरेल, मानव सुवेदी, शशिबिक्रम थापा र विकासले स्वर दिएका छन् । फिल्मलाई नरेन्द्र महर्जनले वितरण गर्नेछन् ।